लक्ष्मी पोलिक्लिनिको निशुल्क वाथ शिविरबाट २ सय ७ जना लाभान्वित

चितवन, ०९ माघ । चितवनमा एकदिने निशुल्क वाथरोग शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ चितवन चौतारी र नेशनल वाथ रोग सेन्टर गौशाला काठमाडौँको संयुक्त आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो ।
लक्ष्मी पोलिक्लिनिक भरतपुर १० अस्पताल रोडमा सञ्चालन भएको शिविरमा दुई सय सात जनाले स्वास्थ्य परिक्षण गरेका लायन्स क्लब अफ चितवन चौतारीका पूर्व अध्यक्ष भक्तिप्रसाद चालिसेले जानकारी दिएका छन् ।
पछिल्लो समय वाथ रोगका विरामीहरु बढ्दै गएपछि यसको न्यूनिकरणका लागि क्लबले शिविरको आयोजना गरेको क्लबका अध्यक्ष नवराज तिमिल्सीनाले बताएका छन् ।
क्लबलाई समाजिक उत्तरदायित्वमा अगाडि बढाउने उद्देश्य स्वरुप बिरामीहरुलाई राहत प्रदान गर्न निशुल्क वाथ शिविर आयोजना गरिएको तिमिल्सीनाको भनाइ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रथम भाइस डिष्ट्रक गभर्नर घनश्याम भट्टराईले लायन्स क्लब सधैं सामाजिक क्षेत्रमा अग्रसर काम गर्ने संस्था भएको बताएका छन् ।
लायन्स क्लबले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सामाजिक काम गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने भट्टराईले बताए । उक्त निशुल्क बाथरोग शिविरमा डाक्टर विनित वैद्यले स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.