ग्रामीण क्षेत्र जनस्वास्थ्यमा योगदान दिएको भन्दै पटिहानीमा डा. भोजराज सम्मानित

 

चितवन, ०९ माघ । भरतपुर अस्पतालका वरिष्ठ फजिसियन डाक्टर भोजराज अधिकारी सम्मानित भएका छन् ।
विगत लामो समय देखि गृह जिल्ला चितवनमा नै रहेर दिनदुःखीहरुको सेवा समर्पित भएको भन्दै डाक्टर अधिकारीलाई पश्चिम चितवनको नारायणी नगरपालिका–२७ पदमपोखरी, पटिहानी पदमोदय युवा क्लबले सम्मान गरेको हो ।
क्लबले चितवनको ग्रामीण जनस्वास्थ्यको क्षेत्रमा बिशेष योगदान प¥युाउनु भन्दै उच्च मुल्याङ्गकन गरिएको भन्दै जिल्ला जनस्वास्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोईरालाको प्रमुख आतिथ्यतामाबरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीज्युलाई सम्मान गरिएको हो ।
यसैविच क्लब परिसरमा नै आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ११ जना स्थानियवासीरु लाभान्वित भएका छन् ।

पदमोदय युवा क्लब पदमपोखरी चितवनको आयोजना, पुष्पाञ्जली अस्पताल भरतपुरको सह–आयोजना तथा हिमशिखर सोसीयो कल्चर सोसाईटीको प्रायोजनमा शनिबार क्लब परिसरमा निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ११ जना स्थानियवासीरु लाभान्वित भएका हुन् ।

शिविरमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीसहित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मोना श्रेष्ठ र छाला तथा यौनरोग विशेषज्ञ डा. सिम्रन राजभण्डारीले बिरामीको निशुल्क रूपमा स्वास्थ्य परिक्षण गर्नुको साथै निशुल्क औषधिको समेत वितरण गरिएको थियो । क्लबका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा सम्पन्न शिविरमा क्लबका संरक्षक बिमलसिङ ठकुरी, हिमशिखर सोसीयो कल्चर सोसाईटीका प्रमुख बिजेन्द्र अर्याल, क्लबका सह–सचिब नारायण भट्ट, क्लबका सदस्य विजय कोईराला लगायतले औपचारिक कार्यक्रममा बालेका थिए ।

Leave a Reply

Your email address will not be published.