नयाँ शक्तिले बिद्यालयमा तालावन्दी नगर्ने

किरण पौडेल
चितवन, ८ माघ । बिद्यार्थीको पढाई प्रभावित हुने गरी शिक्षण सस्था केन्द्रित आन्दोलन नगर्ने नयाँ शक्ति बिद्यार्थी अभियान चितवनका अभियान्ताले बताएका छन् ।

नयाँ शक्ति बिद्यार्थी अभियान चितवनका संयोजक बिनोद पौडेलले आगमी दिनमा कुनै पनि शैक्षिक सस्थामा बिद्यार्थीको पढाइनै प्रभावित हुने गरी आन्दोलन नगर्ने बताउनुभयो । आज विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र युनाईटेड टेक्निकल कलेज भोजाडमा भएको बिद्यार्थी मिलन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा विद्यार्थीको जायज माग सम्बोधन गर्न नयाँ शक्ति बिद्यार्थी अभियान नयाँ ढंगले अघि बढेको बिद्यार्थी अभियान चितवन क्षेत्र नम्वर ३ को संयोजक ज्ञानु आचार्यले जानकारी दिनुभयो । उहाँले अबका दिनमा शैक्षिक सस्थामा तालाबन्दी, आम हड्ताल, आगजनी लगायतका आन्दोलनका कार्यक्रमलाई वहिष्कार गरिने पनि बताउनुभयो । स्वाधीन र समृद्ध नयाँ नेपाल निर्माणमा गोलवद्ध हुन नयाँ शक्ति बिद्यार्थी अभियान चिवनका संयोजक पौडेलले सबै बिद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । पारदर्शीता, सदाचार र सुशासनलाई आत्मसाथ गर्दै नयाँ शक्तिको उदय हुन लागेकोले बिद्यार्थी बर्गको सहयोग चाहिने उहाँले बताउनुभयो ।

यसैबिच नयाँ शक्ति बिद्यार्थी अभियान चितवनले विरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस र युनाइटेड टेक्निकल कलेज भोजाडमा संयोजक तोकेको छ । विरेन्द्र बहुमुखी क्याम्पसमा अर्जुन ढकाल, सप्तगण्डकी बहुमुखी क्याम्पसमा माधव न्यौपाने र युनाइटेड टेक्निकल कलेजमा कैलाश धामीलाई बिद्यार्थी संयोजक तोकिएको क्षेत्र नम्वर ३ को संयोजक ज्ञानु आचार्यले जानकारी दिनुभयो ।

विरेन्द्र बहुमुखी क्याम्पसमा अच्युत मरहट्ठा, उपेन्द्र अधिकारी, अर्जुन रिजाल , सचिन खनाल, संकर भुवाइँ, भानुभक्त गैरे, सन्तोष खनाल, विष्णु खनाल, विवस खनाल लागयतका अभियान्ताहरु नयाँ शक्ति बिद्यार्थी अभियानमा सकृय रहेको संयोजक अर्जुन ढकालले जानकारी दिनुभयो ।

त्यस्तै सप्तगण्डकी बहुमुखी क्याम्पसमा ज्ञान सिँह थापा मगर, रोशन ढकाल, टिकाराम ढकाल, पुर्ण बहादुर दवाडी, मिलन रानाभाट, मेलिना श्रेष्ठ, केशव भट्टराई सकृय रहेका छन् भने युनाइटेड टेक्निकल कलेजमा मनोज श्रेष्ठ, विकास विक, राम सुवेदी, तुफान केशी, सुन्दर केसी सकृय रहेको नयाँ शक्ति बिद्यार्थी अभियान चितवनले जनाएको छ ।

चितवनका सबै क्याम्पसहरुमा बिद्यार्थी संयोजक तोकेर चाँडै जिल्ला सम्मेलन गरीने जिल्ला संयोजक विनोद पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.