“पोल्ट्री व्यवसायी एकता र सहकार्य विश्वकै नमुना”

हेटौडा, ०८ माघ । नेपाल कुखुरा बजार व्यवस्थापन संघको पाचौं केन्द्रीय साधारणा सभा हेटौडाको बनसखण्डीमा सम्पन्न भएको छ ।
नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष श्री भुवनलाल जोशीको अध्यक्षतामा भएको साधारणा सभाको समुदघाटन नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष श्री शंकरप्रसाद कडेलले गर्नु भएको थियो । सो अवसरमा बाल्दै अध्यक्ष कडेलले पोल्ट्री व्यवसायी बिचको एकता र सहकार्य विश्वमा नै एक नमुनाको रूपमा रहेको दावी गरे ।
चल्ला, दाना उत्पादक, चल्ला कुखुरा र दाना सप्लायर्स, मासु बिक्रेताहरू एकै संस्थामा रहेर व्यवसायी हक, हितका लागि एकजुट हुनु विश्व मा एक उदाहरणिय काम रहेको उनको भनाई थियो । हामी व्यवसायीहरू बिचको एकताका कारणा समग्र पोल्ट्री क्षेत्रको विकास, विस्तार, आधुनिकीकरण हुन सकेको छ उनले भने– समग्र पोल्ट्री क्षेत्रको विकासका लागि हाम्रा उत्पादनहरूको उचित मूल्य पाउने व्यवस्था कायम गर्न सकेको खण्डमा सवै व्यवसायीहरूलाइ राहत पुग्ने छ ।
त्यसै गरी सभाका वरिष्ठ अतिथि नेपाल ह्याचरी उधोग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलले समग्र पोल्ट्री क्षेत्रको विकासका लागि हामीले गर्नु पर्ने भुमिकाका बारेमा प्रकाश पार्दै लामो समय सम्म भुकम्प, नाकावन्दी, हडतालवाट प्रभावित व्यवसायका लागिका नेपाल सरकार समक्ष भएका पहलका बारेमा प्रकाश पारे ।
समारोहमा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष तेजनारायण पाणडे, नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष श्री प्रकाशवावु खनाल, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ चितवन नवलपुर शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, नेपाल कुखुरा बजार व्यवस्थापन संघ मकवानपुर शाखाका अध्यक्षा श्री पूर्णध्वज खडका, लगायतले कुखुरा पालन व्यवसायका समग्र क्षेत्रका बारेमा प्रकाश पारेका थिए ।
संघका केन्द्रीय अध्यक्ष भुवनलाल जोशीले स्वागत गर्दै समग्र पोल्ट्री क्षेत्रको विकासका लागि आगामी दिनमा संचालन गर्नु पर्ने कृयाकलापहरू प्रस्तुत गरेका थिए ।
साधारणा सभामा संघका महासचिव श्री निराजन खनालले संस्थाको प्रगती प्रतिवेदन, कोषााध्यक्ष श्री रामशरणा सिंखडाज्यूले आ. व. ०७१÷०७२ को आय व्ययको लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको अन्तमा संघका उपाध्यक्ष अशोक बानियाले धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरेका थिए । कार्यक्रमको संचालन कार्यकारी अधिकृत श्री शिवप्रसाद बरालले गरेका थिए । साधारण सभामा चितवन, नवलपरासी, मकवानपुर, रूपन्देही, दाङ्ग, धादिङ्ग, वारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी जिल्लाका प्रतिनिधीहरू करिब २०० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.