औषधी गत बिक्रि प्रबन्धक संघको वृद्धवृद्धाहरुलाई सहयोग प्रदान (भिडियो सहित )

राजेन्द्र आचार्य
चितवन, ०९ माघ ।धार्मिक पर्यटकीय स्थल देवघाटमा रहेको एक मात्र सरकारी बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग प्रदान गरिएको छ ।

आफ्नो स्थापनाको २५ औ रजत जयन्तीको अवसर पारेर नेपाल औषधिगत बिक्री प्रबन्धक संघ (पेन) चितवन शाखाले देवघाटमा रहेको एक मात्र सरकारी वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग प्रदान गरेको हो ।

पेनको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत २० हजार रुपैया बराबरको चामल, दाल, नुन, चना, साबुन, विस्कुट लगायतका सामग्रीहरु सहयोग गरेको नेपाल औषधीगत बिक्री प्रबन्धक संघ (पेन) चितवनका सचिव उज्जवल शर्मा रिमालले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारको संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव भरतमणी सुवेदीले अन्य संस्थाहरुलाई समन्वय गरेर देवघाट क्षेत्र विकास समितिलाई व्यवस्थापन गरेर अगाडि लैजानुपर्ने बताएका छन् । देवघाट क्षेत्र विकास समितिलाई नेपाल सरकारले समग्र क्षेत्रको विकासको लागि वृद्धाश्रम, शिक्षालय, धार्मिक, सांस्कृति विकास गर्ने उद्देश्यले कार्यसमिति गठन गरेरक काम भइरहेको सुवेदीले बताएका छन् ।

समाजकल्याण मन्त्रालयको कामको क्षेत्रभित्र वृद्धाश्रम पर्ने भएपनि क्षेत्र विकास समितिले देवघाटको गुरुयोजना भित्र पारेर अगाडि बढाउन पर्ने बताएका छन् । देवघाटको समग्र गुरुयोजना भित्र पारेर देवघाट स्नान, दाहसंस्कार स्थललाई व्यवस्थित रुपमा विकास गरेर देवघाटलाई पवित्र धार्मिक सांस्कृति देव भूमि बनाउनको लागि नेपाल सरकार चिन्तित रहेको सुवेदीको भनाइ छ ।

देवघाट क्षेत्रको समग्र विकासका देवघाट क्षेत्र विकास सममितिले मात्र नभएर सरकारले प्राधिकरण नै बनाएर विकास गर्नुपर्ने धारणा राख्दै कार्यक्रम अगाडि बढाउने तयारी गरेको सुवेदीले बताएका छन्

 

Leave a Reply

Your email address will not be published.