२३ बर्ष पछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि/बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालद्धारा बंगबन्धु गोल्डकपको उपाधी हाँशिल

८ माघ, चितवन
नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।
यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो ।
ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे ।
खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए ।
तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए ।

नवयुग श्रेष्ठ बङ्गवन्धु कपमा उत्कृष्ट खेलाडी घोषित

नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाललाई २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रहृयो । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।

सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाटि्रक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।

नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले कुल दुई गोल गरे ।

उपाधि विजेतालाई ५४ लाख रुपैयाँ नगद

आयोजक बंगलादेशको फुटबल संघले बंगबन्धु गोल्डकपको उपाधि जित्ने टिमलाई ५० लाख अमेरिकी डलर अर्थात ५४ लाख २० हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरेको छ । उपविजेता टिमले भने २५ हजार अमेरिकी डलर अर्थात २७ लाख १० हजार रुपैयाँ मात्र पायो । यस्तै बंगबन्धु गोल्डकपको नक्कल ट्रफी पनि विजेताले पाएको छ । २२ क्यारेट सुनबाट बनेको ट्रफी भने आयोजकले नै राखेको छ ।

यसअघिका प्रतियोगितामा आयोजकले विजेतालाई असली ट्रफी दिन गरेपनि नगद पुरस्कार दिँदैनथियो । तर आयोजकले प्रतियोगितामा लागेको खर्च भने टिमलाई दिने गरेको थियो ।

अहिलेका प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबर रहमानको सम्मानित नाम बंगबन्धुको नाममा बंगलादेशको फुटबल संघले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् १९९६–९७ मा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिताको यस पटक चौथो संस्करण भएको हो । सुरुका २ संस्करणपछि रोकिएको प्रतियोगिता आयोजकले पोहोरदेखि वर्षेनी आयोजना गर्ने भन्दै पुन सुरु गरेको हो ।

राखेपले जनही २ लाख दिने

उपाधि जितेसँगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उपाधि जिते खेलाडीलाई जनही २ लाख दिने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।

यस्तै सरकारका तर्फबाट र अखिल नेपाल फुटबल संघले पनि खेलाडीलाई नगद पुरस्कार दिने तयारी गरेका छन् । तर पुरस्कार रकम भने घोषणा भएको छैन ।

Leave a Reply

Your email address will not be published.