नेपाल संञ्चार मञ्च चितवन शाखामा राजुको नेतृत्व

प्रमिता भण्डारी
चितवन, ०९ माघ । चितवनको नारायणगढमा आज वसेको क्रियाशिल पत्रकारहरुको भेलाले राजु थापाको अध्यक्षतामा १३ सदसिय नेपाल संञ्चार मञ्च चितवन शाखाको गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रस्ताब सुवेदी, सचिवमा आनन्द पोख्रेल, सहसचिवमा आषिश अधिकारी र कोषाध्यक्षमा प्रमिता भण्डारी रहनु भएको छ ।

सुचना विभागमा २०६२ सालमा दर्ता भई संञ्चालनमा आई रहेको मञ्चको चितवन सहित २१ जिल्लामा शाखा विस्तार भएको छ । मञ्चका केन्द्रय सदस्य सरोज भण्डारीको आतिथ्यतामा सम्पन्न सो भेलाले गठन गरेको समितिको सदस्यहरुमा राजेन्द्र आचार्य, मोहनचन्द्र रुम्वा, कमला गुरुङ् लगाएत रहनु भएको छ ।
भेलामा वोल्दै पत्रकारहरुले संञ्चार मञ्चका सदस्यहरुले स्वतन्त्र रुपले कलम चलाउन आवश्यक रहेको वताएका थिए । जसले गर्दा समाजमा वास्तविकता वाहिर ल्याउन सहज हुने उनिहरुको भनाई थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष नवराज ढकाल, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुर्य प्रकाश कडेंल, पर्यटन पत्रकार मंञ्च चितवनका कोषाध्यक्ष सन्तोष देवकोटा लगाएतले वोल्नु भएको थियो । कार्यक्रमको संयोजक राजु थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.