महाधिबेशनलाई अन्तराष्ट्रिय जगतले बिशेष चासोको रुपमा हेरेको : नेता देउ

पुरुषोत्तम सुबेदी
नवलपरासी , ८ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आशन्न महाधिबेशनलाई राष्ट्रिय र अन्तराष्ट्रिय जगतले बिशेष चासोको रुपमा हरेको बताउनुभएको छ ।
नवलपरासी सुनवलमा आज नेपाली कागे्रस सुनवल नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाट समारोहमा बोल्दै नेता देउवाले पार्टीको आशन्न महाधिबेशनलाई सम्पुर्ण नेपाली जनताले समेत बिशेष चासो रुपमा लिएको जिकिर गर्नुभयो ।
सो अवसरमा बोल्दै नेता देउवाले आफुलाई पार्टीको नेतृत्वमा पु¥याउन कार्यकर्तालाई आग्रह गर्दै उहांले् आफ्नो नेतृत्वले पार्टी भित्रको गुठबन्दी अन्त्य गदै एकताबद्ध ढङगले पार्टी अगाडी बढ्ने बिचार राख्नुभयो ।
उहांले पार्टीमा अब आफूले नेतृत्व लिने अवसर पाएंमा सबै आदीबासी जनजाति,दलित, महिला,मधेसी ,मुस्लिम , अल्पसंख्यक तथा सम्पुर्ण जातजातिहरुलाई मिलाएर लैजाने दाबी समेत गर्नुभयो ।
पार्टीको आशन्न महाधिबेशनले पार्टी भित्र ठुलो परिर्वन ल्याउने बिश्वास व्यतm गदै आफुले नेतृत्व गरे मधेस र पहाड बिचको जातिय युद्ध र सिमाङ्कन सम्बन्धि मुद्धाई लाई तत्काल अन्त्य गर्ने जिकिर गर्नुभयो ।
नेता देउवाले आगामी १३ औ महाधिवेशन बाट आफुले पार्टीको नेतृत्व गर्ने अवसरमा पाएमा पार्टी भित्रको गुटबन्धिलाई अन्त्य गदै शतिmशालि पार्टी बनाउने अठोट समेत व्यतm गर्नुुभयो ।
सो अवसरमा नेपाली कागे्रसका केन्द्रिय सदस्यद्धय बालकृष्ण खांडले अब पार्टीलाई अघि बढाउन बरिष्ठ नेता देउवाको आवश्यक भएको आम कार्यकर्ताले महशुस गरेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.