चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनासम्म बाघको अनुगमन गरिदै

प्रकाश सिग्देल
चितवन, ०७ माघ । चितवन राष्ट्रिय निकुञ्जले माघ महिना देखि जेष्ठ महिना सम्मका लागि बाघको अनुगमन थालेको छ । निकुञ्ज भित्रका बाघको अवस्था बुझन र उनीहरुको विकासका लागी सहज वातावरण सृजनाको लागी क्यामरा ट्रयापिंङ प्रबिधिको प्रयोग गरी अनुगमन गर्न लागिएकोे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताए ।

निकुञ्जले प्रकृति संरक्षण कोष, नेपाल टाईगर ट्रष्ट तराई भु परिधी कार्यक्रम ताल संग समन्वय गरि बाघको अनुगमन थालेको उनले जानकारी दिए । प्रकृति संरक्षण कोषले करिव ३० वटा क्यामराको प्रयोग गरि अनुगमन सुरु गरिसकेको र अन्य संस्थाले अनुगमन सुरु गर्ने बताईएको छ । अनुगमन जेठ महिना सम्म चल्ने छ । अनुगमनका लागी छुट्टा छुट्टै क्षेत्र निधारण गरी काम सुरु भएको निकुञ्जले जनाएको छ । राष्ट्यि प्रकृति संरक्षण कोषले निकुञ्ज भित्र डुमरीया देखि कछुवापानी सम्म र वरण्डाभार क्षेत्रमा अनुगमन गर्ने प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीबी पोख्रेलले बताए ।

त्यस्तै नेपाल टाईगर ट्रष्टले माडीको सोमेश्वर क्षेत्र, माडिका सामुदायीक वन भित्र र डुमरिया देखी देबीताल सम्म अनुगमन गर्ने टाईगर ट्रष्टका प्रकाश श्रेष्ठले बताए । त्यस्तै तालले नवलपरासीको मध्यवर्ती क्षेत्र, मेघौली देखी सिसुवार क्षेत्र भित्र अनुगमन गर्ने तालका म्यानेजर इश्वर मेहताले बताउनु भयो ।

त्यस्तै निकुञ्जले कछुवापानि देखी पुर्व सुनाचुरी प्रतापपुर सम्मको क्षेत्रमा अनुगमन गर्ने बताईएको छ । यस अघिको वाघ गणनामा चितवन राष्ट्रिय निकुञ्मा १२० बाघ फेला परेको थियो । सरकारले २०२२ सम्ममा बाघको संख्या दुई गुणा वनाउने लक्ष्य लिएकाले बाघको संख्या बृद्धी गराउन पनि अनुगमनको महत्व पुर्ण भुमिका हुने बताईएको छ । नेपालमा १९८ बाघ रहेको बताईएको छ ।

सरकारले हरेक चार चार वर्षमा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणना गर्ने गरेको छ । अहिले गर्ने बाघ अनुगमनले बाघ गणनामा पनि सहयोग पुग्ने र सरकारले लिएको दोवर लक्षमा पुग्न सहज हुने निकुञ्जको बुझाई छ । निकुञ्ज भित्र बाघको संख्यामा बृद्धि गर्न बाघ अनुगमन आवस्यक रहेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु बिभागका महानिर्देशक फडिन्द्र राज खरेलले बताए ।

बाघको मुख्य क्षेत्रलाई लक्षित गरि अनुगमन हुने हुदा यसको रिपोर्टको आधारमा घासे मैदान ब्यवस्थापन र बाघको लागी चाहिने आहारा प्रजातिको जवनावरको बिकास गर्न मद्धत मिल्ने हुदा यो अनुगमन निकै उपयोगी हुने उनले बताए । बघेनिलाई बच्चा हुर्काउन २ हजार ४ सय ६१ बिगाह जमिन आवस्यक पर्ने भएकाले चितवन निकुञ्जमा बाघको संख्यामा दोवर गराउन सक्ने क्षमता रहेको उहाले जानकारी दिए । निकुञ्जले बाघ अनुगमनका लागी करिव २९ लाख रुपैया र ६० क्यामरा प्रयोग हुने जनाएको छ ।