पैसा कमाउन अरब गएको दुई हप्तामै मृत्यु

परासी, माघ ८ । पैसा कमाउन साउदी अरब गएका एक नेपाली युवकको अरब पुगेको दुई हप्तामै मृत्यु भएको छ ।
तनहुँ कोटा– १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरब गएको दुई सातामै मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ ।
परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् ।
नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भइरहेको उनले बताइन् ।
गुरुङ मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनीमा काम गर्दथे । पदमबहादुरका एक छोरा र एक छोरी छन् । (रासस)

Leave a Reply

Your email address will not be published.