मध्यरातमा ४.६ म्याग्निच्यूटको पराकम्पन

चितवन, माघ ८ । धादिङ र नुवाकोटको सीमालाई केन्द्रविन्दु बनाएर गएराति भूकम्पको पराकम्पन गएको छ ।

राति १ बजेर ७ मिनेट जाँदा ४.६ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत मंसिर ३ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५।३ म्याग्नेच्युटको पराकम्पन गएपछि यो नै ठूलो पराकम्पन हो । सात दिनअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ र ४.१ म्याग्नेच्युटका दुईवटा पराकम्पन गएका थिए ।
गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पपछि ४ म्याग्नेच्युटभन्दा माथिका ४२७ वटा पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.