आठौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय उच्च मावि छिवनीले चुम्यो

1
दयाराम आचार्य/
नवलपरासी , माघ ६ ।

आठौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय उच्च मावि छिवनीले चुमेको छ । २ सय अंक प्राप्त गर्दै छिवनीले तेश्रो पटक उपाधी आफनो कब्जामा पारेको छ ।
यस्तै नेपाल राष्ट्रिय मावि १ सय ४ अंक ल्याउदै दोश्रो भएको छ भने जनता सिद्ध अमर मावि ९३ अंक प्रप्त गर्दै तृतीय भएको छ भने जनता उच्च मावि डैनहवा ६१ अंक पा्रप्त गर्दै सान्तवना भएको छ ।
उत्कृष्ट भएका विद्यार्थी तथा विद्यालयलाई आज औपचारिक रुपमा समापन कार्यक्रमको आयोजना गरि शिल्ड मेडल तथा प्रमाणपत्र र नगदले पुरस्कृत गरिएको छ ।
यस्तै अर्को वर्षको नवौ राष्ट्रपती रनिङग शिल्ड प्रतियोगिताको आयोजना रमावापुर मावि सुनवलले गर्ने समेत कार्यक्रममा घोषणा गरिएको छ ।
जिल्ला खेलककुद विकास समितीका अध्यक्ष कुमार आलेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी महादेव पन्थको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष डोलराज भण्डारी , पुर्व अध्यक्ष सेतमान पुन , सहित विभिन्न विद्यालयका प्रमुख एवम प्रतिनिधीहरु , खेलप्रेमी समाजसेवि बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा करीब १ सय ४५ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा एथलेटिक्स तर्फ (ट्रयाक एण्ड फिल्डमा) विभिन्न दुरीका दौड, हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, शटपुट ,भलिवल, कबड्डी, लगायतका खेलहरु भएका थिए ।
प्रातियोगिताको क्षेत्रीय खेल ६ वटा क्षेत्रका विभिन्न विद्यालयमा पौष २८ गतेदेखि ३० गतेसम्म र फाईनल खेल माघ ३ गतेदेखि ६ गतेसम्म जनतासिद्ध अमर मावि मध्यविन्दु नगरपालिका लुषलहरिमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.