महामन्त्री वा सभापतिमा उम्मेदवारी दिन्छु : केसी

चितवन, ६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेसको महाधिवेशनमा आफूले महामन्त्री वा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

बुधबार नारायणगढमा रिपोर्टस् क्लब चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले पार्टीको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा राम्रो मत ल्याएर विजयी हुँदै आएकोले १२औँ महाधिवेशनसम्म आइपुग्दा दोस्रो स्थानमा पर्न सफल भएको बताएका छन् ।
१५ वर्षसम्म केन्द्रीय सदस्य र साढे तीन वर्ष मनोनित सदस्य गरी साढे १८ वर्षसम्म केन्द्रीय सदस्य भएर बसेपपछि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने आफ्नो कुनै विचार नभएको केसीले बताएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी नदिनेभएपछि पार्टीमा अहिले लड्ने पद भनेको कोषाध्यक्ष महामन्त्री र सभापति भएको केसीले बताए । सहमहामन्त्री भइसकेको मान्छे कोषाध्यक्षमा उम्मेदवारी नदिने भन्दै सहमति भएमा महामन्त्री नत्र सभापति पदमा उम्मेदवारी दिने केसीले बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन र संस्थागत विकास गर्नुपर्ने बताएका छन् । अबको महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा समेत केसीले जोड दिएका छन् ।

काँग्रेस एउटा हुनुपर्छ भन्दै गुट र उपगुटको अन्यहुनुपर्ने केसीको भनाइ छ । नेपालमा हालसम्म सातवटा संविधान जारी भएको र वर्तमान संविधान मात्र नेपालको इतिहासमा नेपाली जनताको सर्वोच्चता र सार्वभौमिकतालाई प्रयोग गरेर निर्माण गरिएको बताएका छन् ।
यस भन्दा अगाडिका पाँच वटा संविधान बक्सिस संविधानको रुपमा र एउटा संविधान राजनीतिक दलहरुको सहमतिबाट आएको दस्तावेज भएको बताएका छन् ।

अहिलेको संविधान लोकतान्त्रिक, सामाजिक न्यायपूर्ण, समावेशी, महिला, दलित, जनताति र उपेक्षितहरुलाई समेट्दै गर्दा पनि पूर्णता पाउन अझै बाँकी भएको केसीले बताएका छन् । ५० प्रतिशत जनसंख्या ओगट्ने भूभाग तराई मधेसलाई उपेक्षा गरेर निर्माण भएको संविधान कार्यान्यवन हुन नसक्ने केसीको धारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published.