इराकमा दुईवर्ष यता १८ हजारभन्दा बढी मारिए

चितवन, ६ माघ
इराकमा दुई वर्ष यता १८ हजारभन्दा बढी नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

इराकबारेमा प्रतिवेदन जारी गर्दै राष्ट्रसंघले यस्तो तथ्य प्रकाशमा ल्याएको हो । प्रतिवेदनमा उग्रवादी संगठन इस्लामिक स्टेट (आइएस)माथि सुव्यवस्थित हिंसाको आरोपसमेत लगाइएको छ । आइएसले केही घटनामा नरसंहारसरहको भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघले दुईवर्ष यता हिंसामा मारिएकाको यो संख्या वास्तविक संख्याभन्दा निकै कम रहेको समेत जनाएको छ ।
इस्लामिक स्टेटको नियन्त्रणमा रहेका क्षेत्रमा स्वतन्त्रतापूर्वक जान सक्ने अवस्था नभएका कारण ती क्षेत्रमा मानवीय क्षतिको वास्तविक विवरण संकलन गर्न कठिनाई भएको उसको भनाई छ ।

इराकमा जारी संघर्षका कारण ३० लाखभन्दा बढी विस्थापित भएको प्रतिवेदनमा जनाइएको छ । यस अतिरिक्त हजारौं नागरिकलाई आइएसले अपहरण गरेको पनि जनाइएको छ ।
–(एजेन्सी)

Leave a Reply

Your email address will not be published.