युएईमा हत्या भएका दुई नेपालीको शव नेपाल पठाईंदै

काठमाडौँ, ६ माघ
युएईमा रोजगारीका क्रममा ज्यान गुमाएका दुई नेपालीको शव आज नेपाल ल्याईँदै छ । युएईको अलऐनमा गाडीको ठक्करबाट ज्यान गुमाएका फूलबारी–८ सीगाउँ कैलालीका ३८ वर्षका आशाराम चौधरीको शव आज नेपाल पठाईंदै छ ।

अलऐनमा रहेको डब्लुबिजी नामक कनस्ट्रक्सन कम्पनीमा तीन वर्षदेखि कार्यरत चौधरीको गाडीको ठक्करबाट दुई हप्ता पहिले ज्यान गएको हो । आशारामलाई चालकले ब्याक गरि किचेर हत्या गरेका थिए ।

इत्तिहाद एयरलाइन्स मार्फत चौधरी कार्यरत कम्पनीमै काम गर्दै आएका अर्का एक नेपालीलाई शव जिम्मा लगाएर नेपाल पठाउन लागेको नेपाल विश्व सहयोग संघ युएईका अध्यक्ष गोविन्द ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.