राष्ट्रसंघलाई शान्ति प्रक्रियाको अनुगमन गरिदिन आग्रह

माघ ६ –
कोलम्बिया सरकार र फार्क बिद्रोहीले शान्ति प्रक्रियाको अनुगमन गरिदिन संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन् । कोलम्बियामा पाँच दशकदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने विषयमा सरकार र फार्क बिद्रोहीबिच सम्झौता भएपछि अहिले शान्ति प्रक्रिया चलिरहेको छ ।

सरकार र बिद्रोही दुबैले शान्ति प्रक्रियाको अनुगमन गरिदिन राष्ट्रसंघसँग आग्रह गरेका हुन् । क्युवामा भएको शान्ति वार्तापछि सरकारी र बिद्रोही दुवै पक्षले १२ महिने विशेष मिसन पठाउन राष्ट्रसंघसँग आग्रह गरेका हुन् ।

राष्ट्रसंघले यस विषयमा निर्णय गर्न बाँकी छ । कोलम्बिया सरकार र फार्क बिद्रोहीबिच तीन वर्षदेखि शान्ति वार्ता हुँदै आएको छ ।
– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published.