एस्टन भिल्ला एफए कपको चौंथो चरणमा

माघ ६ –
एस्टन भिल्ला एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिग टु क्लब विकोम्बलाई २–० ले हराएर एस्टन भिल्लाले चौंथो चरणमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको एस्टन भिल्लाका लागि ७५ औं मिनेटमा किएरेन क्लार्क र ९० औं मिनेटमा एडरिसा गायले गोल गर्दै जित दिलाए । प्रिमियर लिगको अंक तलिकामा पुछारमा रहेको एस्टन भिल्लो अब चौंथो चरणमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी लिगको तेस्रो स्थानमा छ ।
– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published.