विश्वकै ज्येष्ठ नागरिकको निधन

काठमाडौं, माघ ५ ।
विश्वकै ज्येष्ठ नागरिक यासुतारा कोइदेको १ सय १२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । जापानी नागरिक कोइदेको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा विश्वकै जीवित ज्येष्ठ नागरिककोरुपमा रहेको थियो ।

मादकपदार्थ र धूमपान नगरेकै कारण आफ्नो आयु लामो भएको बताउने गरेका कोइदेको साधारण बिरामीका कारण निधन भएको जापानी अधिकारीहरुले बताएका छन् । जापानमा सय वर्ष नाघेका बृद्धबृद्धाको संख्या ६१ हजार रहेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published.