पेशावारमा आत्मघाती विस्फोट, १० जनाको मृत्यु

काठमाडौं, माघ ५ ।
पाकिस्तानको पेशावरमा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक आत्मघाती व्यक्तिले पेशावरको प्रहरी सीमाचौकी नजिक पुगेर आफैंलाई विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । मारिनेमा पाँचजना प्रहरी रहेको बताइन्छ ।

विस्फोटमा २० जना घाइते भएका छन् । विस्फोटलगत्तै घटनास्थलमा रहेका सवारी–साधनहरु जलेर नस्ट भएका छन् भने विस्फोटका कारण दर्जनौं घरहरुमा क्षति पुगेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)

Leave a Reply

Your email address will not be published.