कुरा नमिले मोर्चाले माघ १५ गतेबाट सबै नाका ठप्प पार्ने

वीरगन्ज ५ माघ
प्रमुख दलहरु आफूहरुले अघि सारेको ११ बुँदे मागमा सकारात्मक नभए आगामि माघ १५ गतेबाट सबै नाका ठप्प पार्ने गरी आन्दोलन गर्ने भएको छ । प्रमुख दल आफूहरुको मागमा सकारात्मक नभएको निष्कर्स सहित मोर्चाका शिर्ष नेताहरु अझै कडा आन्दोलन गर्ने अनौपचारिक निष्कर्समा पुगेका हुन ।

मोर्चा आबद्ध तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादवले आफूहरुको मागमा प्रमुख दल गंभिर नभए आगामि माघ १५ गतेबाट सबै नाका ठप्प पार्ने गरी आन्दोलन गर्ने तयारी भईरहेको बताए ।

उनले मोर्चाको ११ बुँदे अनुसार समस्याको समाधान हुनु पर्ने भन्दै अब पनि बेवस्ता गरे आफूहरु अन्तिम लडाई लड्ने योजनामा रहेको सुनाए । यादवले भने,‘ दश दिनमा हाम्रो माग पुरा नभए हामी अन्तिम लडाई लड्छौ नभए लड्दा लड्दै मर्न तयार छौ तर झुक्दैनौ । सरकारले सेना परिचालन गरेपनि अब पछि हट्दैनौ ।’