बंगबन्धु गोल्डकपमा आज नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौं, माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (मंगलबार) नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ को उप–विजेताका रूपमा नेपालले समूह ‘बी’ को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लवसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । यो जितले नेपालले लगातार १२ खेलमा जित आत्मसात् गर्न नसकेको खाडललाई तोडेको थियो ।
आजको सेमिफाईनल खेलपुर्व नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
उनले यसअघिका खेलमा नेपालको फिनिसिङ लाइन मजबुद हुन नसकेको भन्दै माल्दिभ्स विरुद्धको खेलमा टिमले कुनै गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाए ।
आजको खेल विजेताले उपाधिका लागि बहराइनको २३ वर्ष मुनीको टिमसंग खेल्नेछ । बहराइनले हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध पार्दै फाइनलमा ठाउँ पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published.