दुर्घटना न्युनिकरणकालागी ट्राफिकको अभियान , मध्यरातमा हुन्छ रक्तचापको जाँच (फोटो कथा )

दयाराम आचार्य
नवलपरासी, ०५ माघ । “तपाईको रक्तचाप अलि बढि रैछ ,तपाई एक छिन आराम गर्नुहोस त्यस पछि जानु होला ” जब रातीको ११ बज्छ अनि सुरु हुन्छ बालकृष्ण पन्तको काम , उहाले कुनै विरामीलाई दिएको सुझाव होईन यो , कावासोतीको रि–फ्रेस सेन्टरमा रोकिने सवारीका चालकहरुलाई रक्तचाप जाच गरेपछि रक्तचापबढि भएका सवारी चालकहरुलाई उहा यसरी सुझाव दिनुहुन्छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपरासीका ट्राफिक चिकित्सक बालकृष्ण पन्तको रातीको ६ घण्टा चालकहरुको रक्तचाप जाच गर्दागर्दै वित्छ , उहालाई चालकहरुको रक्तचाप जाँच गर्न भ्याई नभ्याई हुन्छ । दुर्घटना न्यनिकरणकालागी नवलपरासीको कावासोतीमा संचालनमा रहेको रि–फ्रेस सेन्टर नेपालमै पहिलो पटक चालकहरुको स्वास्थ्य जाँच गर्ने कार्यको थालनी गरिएको छ ।

कावासोतीमा रहेको रि फे्रस सेन्टरमा आराम गर्दै चालक
कावासोतीमा रहेको रि फे्रस सेन्टरमा आराम गर्दै चालक

दुर्घटना बढ्नुमा ट्राफिक नियम उल्लङघन , सडकको अवस्था मात्रै कारक तत्व नभएर , चालकको व्यक्तिगत आनीबानी र चालकको स्वास्थ्य अवस्थाले पनी ठूलो भुमिका खेल्ने भएकाले ट्राफिक प्रहरीले जिल्लाको कावासोतीमा रहेको रि– फ्रेस सेन्टरबाट यो अभियानको थालनी गरेको छ । रक्तचाप बढि हुदा मानिसहरुमा बढि रिस उठ्ने , वेहोस हुने लगायतका असर पर्छ , चालकहरुमा पनी रक्तचाप बढि भएको खण्डमा यस्ता खाले नकारात्मक असर प¥यो भने यसले दुर्घटना निम्त्याउन सक्छ ,यसैको जोखिम कम गर्नकालागी ट्राफिक प्रहरीले यो अभियानको थालनी गरेको हो ।

रातिको ११ बजेबाट विहानको ४ बजेभित्रको समयमा पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने लामो दुरीका सवारीहरु रि–फे्रस सेन्टरमा प्रवेश गर्छन ,त्यहा प्रवेश गरेका सवारीका चालकहरुको रक्तचाप ठिक छ कि छैन जाच गरिन्छ बढि भएका चालकहरुलाई सेन्टरमा नै एक छिन आराम गर्न लगाईन्छ अनि मात्रै जान दिईन्छ ।

“रि – फे्रस सेन्टरमा प्रवेश गरेका सवारीलाई १५ देखि २० मिनेटसम्म राख्छौ चालकको रक्त चाप नाप्छौ रक्तचाप बढि भएको खण्डमा केहिबेर आराम गर्न लगाउछौ अनि मात्रै पठाउछौ” – ट्राफिक चिकित्सक पन्तले भन्नुभयो ।
रि – फेस सेन्टरमा चालकलाई आराम गर्नको लागि बेडसिट राखिएको र चालकले चाहेमा लामो समय सम्म पनि रातिमा आराम गर्न सक्ने पन्तले बताउनुभयो ।
IMG_1688
“चालकबाट राम्रो प्रतिक्रिया आएको छ , आराम गर्न पाईएको अनि निशुल्क रक्तचाप परिक्षण गर्न पाईएको भनि खुसि हुन्छन ” पन्थ भन्नुहुन्छ ।
प्रत्यक रात १ सय देखि १ सय बिस वटासम्म सवारी रि – फे्रस सेन्टरमा प्रवेश गर्ने गरेको पन्तले बताउनुभयो । आगामि दिनमा यात्रुहरुको लागि पनि आराम गर्नको लागि बेड सिट लगाएतका भौतिक निर्माण गर्ने योजना रहेको समेत उनले बताए ।
रि –फे्रस सेन्टरमा चालकहरुलाई आराम गर्ने स्थल र शौचालय पनी निर्माण गरिएको छ । यात्रुहरुकोलागी पनी प्रतिक्षलयको निर्माण गर्ने योजना रहेको पन्तले बताउनुभयो ।

गत वर्षबाट संचालनमा आएको रि – फ्रेस सेन्टरमा लामो दुरीका सवारीमा दुईजना चालक भए –नभएको अनुगमन गर्ने, मापसे सेवन गरेको छ कि छैन जाच गरिदै आईएको छ , यसले मात्रै दुर्घटना न्यनिकरण नहुने ठहर गर्दै ट्राफिक प्रहरीले रि – फे्रस सेन्टरमा प्रवेश गरेका चालहरुको रक्तचाप जाच देखि परामर्श गर्ने कार्यको थालनी गरेको जिल्ला ट्राफिक कार्यालयका पदम बडुले बताउनुभयो ।
यसले दुर्घटना न्युनिकरणकोलागि धेरै हदसम्म सहयोग पुर्याउने उहा बताउनुहुन्छ ।

ट्राफिक प्रहरीले चलाएको यो अभियानलाई सवारी चालक तथा यात्रुहरुले पनी सरकारात्मक रुपमा लिएका छन ।

“थाकेको ज्यान यहा बसेर आराम गरेर गाडि चालए पछि फुर्ति आउछ, निदाउने सम्भावना पनि हुदैन ,अल्छि लागेर निदाएर हुने दुर्घटना न्युनिकरण हुन्छ ” काठमाण्डौ बाट नेपालगंज जानलागेको यात्रु बहाक गाडिका चालक ज्ञानु दाहाल भन्छन ।
“राति लामो समय गाडि चलाउदा थकाई लाग्छ,हामिलाई पनि आराम हुने ,यात्रुहरु पनि पानि,खाजा खान्छन निकै रँम्रो छ” काठमाण्डौ बाट धनगढिका लागि छुटेको ना ५ ख ५७ ६३ नम्बरको गाडिका चालक सुदिप कुवर भन्छन ।

दुर्घटना न्यनिकरणकालागी रि – फे्रस सेन्टर प्रभावकारी बन्दै गएको भएपनी रि – फ्रेस सेन्टरको उचित व्यस्थापन भने हुन नसक्दा काम गर्न केहि अप्ठ्यारो हुने गरेको पन्त बताउनुहुन्छ ।
IMG_1685

गाडिहरु आवत जावत गर्दा ढलान नगरेर गिट्टि मात्र बिछाएको कारण बढि धुलो उढने, सवारीको चाप बढि हुने गरेकाल दिनहु एक्लैले स्वास्थ्य परीक्षण गर्न समस्या,कतिपय चालकहरु यसको बारेमा बुझेर पनि सवारी साधन रि – फे्रस सेन्टरमा प्रवेश नगराई जाने जस्ता सम्स्याहरु रहेको पन्थ बताउनुहुन्छ
यस्तै यात्रुका लागि आराम स्थल ,ब्यवस्थित खाजा पसलको समेत अभाव रहेको उहाले बताउनुभयो ।
IMG_1686

Leave a Reply

Your email address will not be published.