५१ हजार सहित ५ जुवाडे पक्राउ

सरोज आचार्य
चितवन, ०४ माघ । चितवनमा घरमा तास खेल्दै गरेको अवस्थामा ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

फुर्तीचोक स्थित जिवन पौडेलको घरमा जुवा (तास) खेल्दै गरेको भन्ने सुचनाको आधारमा चितवन प्रहरी कार्यालयबाट खटिएको प्रहरी साहायक निरीक्षक सिकेन्द्र प्रसाद साह सहितको प्रहरी टोलीले ५ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए ।

साथै पक्राउ परेकाबाट खेल्न प्रयोग गरेको तास सहित नगद ५१ हजार २ सय ६० रुपैया समेत बरामद गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.