समन्वय समितिले पुर्णता पायो

प्रस्ताव सुवेदी
चितवन, ०४ माघ । रत्ननगर लौरीघोल देखि निपनी सम्मको सडक उन्नतीकालागि गठित अनुगमन तथा समन्वय समितिले आज पुर्णता पाएको छ ।
समितिका संयोजक सांसद शेषनाथ अधिकारीको अध्यक्षतामा वसेको वैठकले समितिमा आज आठ जना लाई सदस्यमा मनोनित गर्दै पुर्णता दिएको हो । समितिको सदस्यहरुमा नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य कृष्ण खनाल, एकिकृत नेकपा माओवादीका केन्द्रियसदस्य ईश्वरी भटराई, राप्रपा नेपालका माधव भटराई, विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपाली उपभोक्ता समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकास कार्यालय लाई थप गरीएको संयोजक अधिकारीले वताउनु भयो ।

आज वसेको अनुगमन तथा समन्वय समिति र उपभोक्ता समितिको वैठकले यस्तो निर्णय गरेको हो । जनआकंक्षा अनुसार सडकको स्तर उन्नतीका लागि समितिलाई पुणता दिईएको अधिकारीले वताउनु भयो । लौरिघोल देखि निपनि चोक सम्म निमार्ण गर्न लागिएको सडकको लागि सरकारले २० करोड रुपैंया विनियोजन गरेको छ ।

६ लेन्थमा निमार्ण गर्न लागिएको सडकको स्तर उन्नतीको काम अहिले भई रहेको छ । यसै क्रममा सोहि स्थानमा पर्ने पुलको यहि माघ ९ गते नेपाली काग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सडकको स्तर उन्नतीको काम अघि वढे संगै सो क्षेत्रका जनताले केहि राहतको अनुभूति गरेका छन् ।

Leave a Reply

Your email address will not be published.