सासंद पोख्ररेलले बाडे न्यानो कपडा

प्रकाश सिग्देल
चितवन, ०४ माघ । शंक्तिखोर ९ जुटपानीको अस्थाई आवास क्षेत्रमा बसोबास गरेका भुकम्प पिडितहरुलाई कपडा बितरण गरिएको छ । सासंद कृष्ण भक्त पोख्रेलले सो क्षेत्रमा बसेका भुकम्प पिडितहरुलाई न्यानो कपडा बितरण गर्नु भएको हो । बैशाख १२को भुकम्प पछी काउलेबाट बिस्थापित भई सो क्षेत्रमा बसेका भुकम्प पिडितलाई भेटघाट कोशेली स्वरुप ट्रयाकसुट बितरण गरेको उहाले बताउनु भयो । भुकम्पले घरबार बिहिन भएपछी बिस्थापित बनेका काउले ९ बुछिवाङका २४ घरपरिवार सो अस्थाई सिबिरमा बस्दै आएका छन् । सभाषद कृष्ण भक्त पोख्रेलको पहलमा जिल्ला बिपद ब्यवस्थापन समितिको निर्णय बमोजिम भदौ ४ गते देखि सो क्षेत्रमा एकै प्रकृतिका अस्थाई घरहरु निमार्ण गरि बस्दै आएका छन् । जाडो याम साना अस्थाई प्रकृतिको घरमा बस्न खान असहज भएको भन्दै राज्यले स्थाई प्रकृतिको जमिन उपलब्ध गराएर कमाई खाने वातावरण सृजना गरिदिन उनिहरुले सभासद संग माग गरेका छन् । पिडितको मागलाई सम्बोधन गर्दै पोख्रेलले केहि समय भित्रैमा भुकम्प पिडितको लागि स्थाई बासस्थानको वन्दोबस्त गरिने बताउनु भयो । राज्यले तिव्र गतिमा काम गर्न नसक्दा श्रम गर्न सक्ने उमेर समुहका मानिसहरु पनि काम बिहिन बनेर सिबिरमा कसले देला र खाम्ला भनेर बस्नु पर्दा दुख लागेको भुकम्प पिडित बलबहादुर बिकले बताउनु भयो । गाउमा कमाई गर्ने प्रशस्त बारी हुदा हुदै पनि आफुहरु बेसाहारा बनेर हात थाप्नु पर्दा दुख लागेको उहाको भनाई छ । त्यस्तै सभाषद पोख्रेलले दाहाखानी गाबिसको खेतबारी सिमलढाप लगायतका बिभिन्न क्षेत्रका स्थानिय बस्तिहरुमा पुगी त्यहाको समस्याका बारेमा पनि स्थानिय संग छलफल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.