एमाओवादी चितवनमा जिम्मेवारी वाडफाड, ४ महिने कार्ययोजना तय

राजेन्द्र आचार्य
चितवन, ०४ माघ । एकिकृत नेकपा माओवादी जिल्ला समिति चितवनले पूर्णता पाएको छ ।
प्रदेशीक संरचना अनुसार सागठानिक रुपमा कार्यभार दिदै जिल्ला समिति चितवनले पूर्णता पाएको जिल्ला समिति चितवनकी सञ्चार तथा सूचना विभाग प्रमुख संगिता भट्टराईले जानकारी दिईन् । विगत लामो समय देखि रिक्त रहेको जिल्ला पार्टीमा ४ महिने कार्ययोजना सहित यस्तो जिम्मेवारी तोकिएको उनले प्रस्ट पारिन् ।
एमाओवादीका ३ नं. प्रदेश ईन्चार्ज लिलामणी पोख्रेरल प्रमुख आतिथ्य र प्रदेश सचिव नारायण दाहालको विशेष आतिथ्यमा सम्पन्न दुई दिने वैठकले जिल्ला समितिमा विभिन्न जिम्मेवारी दिदै जिल्ला समिति चितवनले पूर्णता दिलाएको हो । जस अनुसार निर्वाचन क्षेत्र नं.–१ मा मान बहादुर स्याङ्गवो (उपेन्द्र), क्षेत्र नं.–२ लालध्वज डल्लाकोटी (विवेक), क्षेत्र नं.–३ मा बाबुराम खरेल, क्षेत्र नं.–४ मा अन्जन कुमार तिमिल्सिना (संघर्ष), र क्षेत्र नं.–५ मा द्रोणबाबु शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिईएको छ । भने यस्तै नगरहरु तर्फ भरतपुर उपमहानगरपालिकामा ईश्वर सापकोटा (सुमन), राप्ती नगरपालिकामा अरुण चौधरी, खैरहनी नगरपालिकामा लक्ष्मी ढकाल, रत्ननगर पालिकामा राजु अम्गाई (सुवोध), चित्रवन नगरपालिकामा पिताम्बर पोख्रेरल, नारायणी नगरपालिकामा अनक मगर, माडी नगरपालिकामा प्रभुप्रसाद महत्तोलाई नगर ईन्चार्ज तोकिएको जिल्ला अध्यक्ष यमबहादुर परियार (ईन्द्रजित)ले जानकारी दिए ।
यस्तै क्यान्सर अस्पताल र रामपुर क्याम्पस ईकाई ईन्चार्जमा रमण दाहाल, सूचना तथा संञ्चार प्रमुख संगिता भट्टराई, मजदुर विभाग ईन्चार्जमा दिपचन्द्र पुडासैनी, वाईसियल विभाग ईन्चार्जमा ईश्वर सापकोटा, विद्यार्थी विभाग ईन्चार्जमा विजय हमाल, दलित विभाग ईन्चार्जमा खेम दर्जी, तमु विभाग ईन्चार्जमा प्रताप गुरुङ्ग, नेवा विभाग ईन्चार्जमा गोपीकुष्ण श्रेष्ठलाई जिम्मेवारी तोकीएको एमाओवादी जिल्ला पार्टी चितवनले जनाएको छ ।
यस्तै चार महिना भित्र वडा, गाउपालिका र नगरपालिका र जवसमोर्चाको भेला र सम्मेलन समेत सम्पन्न गर्ने, सेल कमिटी गठन र पूगठन गर्ने समेत निर्णय गरिएको छ । माघ ३ र ४ गते सम्पन्न वैठकलाई सम्बोधन गर्दै प्रदेश ईन्चार्ज लिलामणि पोख्रेरल एमाओवादी आर्थिक रुपान्तरण लागेको भन्दै अब पार्टी नयां ढङ्गबाट अगाडी बढ्ने बताए ।
बैठक जिल्ला ईन्चार्ज यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.