तनहुँमा यात्रु सवार बसदुर्घटनाग्रस्त, एकको मृत्यु, ७ गम्भिर

 

तनहुँ, ०४ माघ । तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नंको यात्रुवाहक बस माझकोट¬–९ मिछुलुङ भन्ने स्थानमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.