आन्दोलनकै क्रममा वीरगन्जमा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व

वीरगन्ज, ०४ माघ । वीरगन्जको सुख्खा बन्दरगाह भन्सारले गत पुस महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
मधेस आन्दोलनका कारण मुलुकका प्रमुख भन्सार कार्यालयहरुमा राजश्व संकलन कम भइरहे पनि वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयात बढेपछि राजश्व संकलनमा वृद्धि भएको हो ।
सुख्खा बन्दरगाहमा तेस्रो मुलुक तथा भारतबाट विभिन्न सामान बोकेर आउने मालवाहक रेलको संख्या बढेकाले भन्सार असुलीमा बढोत्तरी भएको हो ।
वीरगन्ज भन्सार नाकाबाट हुने ब्यापारसमेतको आयात निर्यात सुक्खा बन्दरगाह भएर हुन थालेपछि पुस महिनामा १ अर्ब ७० करोड १५ लाख १३ हजार भन्सार उठाएको हो ।
यो लक्ष्यभन्दा १९ प्रतिशतले बढी हो । मंसिर महिनामा भने यो भन्सार कार्यालयबाट लक्ष्यको ८५ प्रतिशत मात्रै राजश्व संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published.