रियल मड्रिड विजयी, रोनाल्डो र बेन्जिमाको दुई दुई गोल

3042F52800000578-0-image-a-25_1453047033946
माघ ४ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले स्पोर्टि« डी गिजोनलाई ५–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमाले दुई दुई तथा ग्यारेथ बेलले एक गोल गरे । रियलका लागि सबै गोल पहिलो हाफमा नै भएका हुन् । सातौं मिनेटमा बेलले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । सुरुवाती गोल गरेका बेल पहिलो हाफ अघि नै चोटका कारण मैदानबाट बाहिरिए । बेलले गोल गरेको दुई मिनेट पछि क्रिष्टियानो रोनाल्डोले रियलको अग्रता दोब्बर पारे । १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । १८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलको अग्रता ४–० मा पुग्यो । ४१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले पहिलो हाफमा ५–० को अग्रता लियो । ६२ औं मिनेटमा लोपेज बालनकोले स्पोर्टिङ डी गिजोनका लागि एक गोल फर्काएपनि त्यो हार टार्न पर्याप्त भएन र रियल मड्रिड ५–१ ले विजयी भयो । जित पछि तेस्रो स्थानको रियलको २० खेलबाट ४३ अंक भएको छ । रियल मड्रिड शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ । १९ खेलबाट १५ अंक जोडेको स्पोर्टिङ डी गिजोन १९ औं स्थानमा छ ।