कृषी विकासको लागि नयाँ रणनीति ल्याइँदै

चितवन, ३ माघ । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले आगामी वर्ष नेपालमा कृषी सम्बन्धी नयाँ रणनीति ल्याउने तयारी भएको बताएका छन् ।
नयाँ रणनीति अनुसार कृषि क्षेत्रको विकासको लागि २० वर्षे कार्य योजना तयार पारिएको भट्टराईले जानकारी दिए । नयाँ रणनीति अनुसार नेपालले आयात प्रतिस्थापन गर्ने खालका कार्ययोजना तायर पारिएको भट्टराईले बताएका छन् । वितेको १० वर्षमा भन्दा अहिले कृषि प्रणालीमा धेरै नै विकास भएको बताउँदै कृषि सचिव भट्टराईले अबको २० वर्षपछि नेपालले कृषिजन्य सामान निर्यात गर्नसक्ने सम्भावना भएको उल्लेख गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृषी सचिवले महमा विषादी अनुगमन कार्य तीव्र पारिएको जानकारी दिएका छन् ।
महलाई विषादीमुक्त पार्दै विदेश निर्यात गर्न सकेमा किसानको आर्थिक अवस्थामा सुधार आउनसक्ने भट्टराईको भनाइ छ । कार्यक्रममा नेपाल मौरी पालक महासंघका अध्यक्ष राजेन्द्र गौतमले कृषी क्षेत्रमा सरकारी लगानी कम भएको गुनासो गरेका छन् । मौरीको चरन क्षेत्रमा समस्या भएको बताउँदै चरन क्षेत्रको विकास गर्न सकेमा नेपाल महमा आत्मनिर्भर हुनुका साथै महको निर्यात समेत बढाउन सकिने गौतमको भनाइ थियो । मौरीको घार बनाउन समस्या परेको र घारलाई भारतबाट आयात गर्नुपर्ने अवस्था भएकोले यसको अन्त्य गर्नुपर्नेमा गौतमले जोड दिए ।
कार्यक्रममा व्यवसायिक मौरी पालक किसानहरु श्याम प्रसाद अर्याल, गीताा देवकोटा, जिल्ला कृषी विकास कार्यालय चितवनका वरिष्ठ कृषी विकास अधिकृत सोमनाथ घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.