पर्सा बजार क्षेत्रमा ठेलाजन्य व्यवसायहरु हटाईए पनि नयाँ व्यवसायीहरु बढ्दै

अनिल दराई
चितवन, ०३ माघ । खैरहनी नगरपालिकाको पर्सा बजार क्षेत्रको चौबिस कोठी चोक सहित भित्रि सहडकमा ठेला जन्य व्यवसायहरु बढ्दै गएका छन् । वजारलाई सुन्दर वनाई फोरलेन सडक वनाउने अवधारण अन्र्तगत सडक छेउछाउमा रहेका ठेलाजन्य व्यवसाय हटाईए पनि व्यवसायीहरु बढ्दै गएका हुन् । पर्सा बजार क्षेत्रका चौबिस कोठी चोक सहित भित्रि सहडकमा एक दर्जन बढी ठेला जन्य व्यवसायहरु सञ्चालन हुने गरेका छन् । उनीहरु सबै नयाँ व्यवसायीहरु समेत हुन् ।

सडक छेउछाउमा राखिएका ठेला जन्य व्यवसायहरुले गर्दा सडकमा भिडभाड बढ्दै गएको छ । सडकमा बढेको भिडभाडले दिनहुँ साना–तिना सवारी दुर्घटनाहरु समेत हुने गरेका छन् । गत कार्तिकमा उद्योग वाणिज्य संघ खैरहनी , खैरहनी नगरपालिका , राजनैतिक दलहरु लगायतको पहलमा सडक छेउछाउमा रहेका ठेलाजन्य व्यवसाय हटाईएको थियो । सडक छेउछाउमा रहेका ठेलाजन्य व्यवसाय हटाईए संगै सडक फराकिलो र सफा देखिएको थियो । तर सो क्षेत्रमा ठेला जन्य व्यवसाय निषेधित गरे पनि नयाँ ठेला जन्य व्यवसायहरु बढ्दै गएका हुन् ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठका अनुसार ठेला जन्य व्यवसायहरुलाई छिट्टै व्यवस्थित गर्ने बताएका छन् । उहाले चार÷पाँच दिन भित्रमा ठेला जन्य व्यवसायहरुलाई व्यवस्थित गरिने बताउनुभयो । पर्सा बजारलाई सफा , सुन्दर र सडक फराकिलो बनाउने कार्य सक्रिय रहेकाले ठेला जन्य व्यवसायहरु व्यवस्थित गरिने उहाले बताउनुभयो । उक्त क्षेत्रमा ठेला जन्य व्यवसाय रोक लगाएको भएपनि अटेर गरि व्यवसाय गरेको उहाको भनाई छ । खैरहनी नगरपालिकाका कार्यालय अधिकृत अमरनाथ ढकालका अनुसार ठेला जन्य व्यवसायहरुलाई व्यवस्थित बनाउने कार्य भईरहेको बताएका छन् । हालै ठेला जन्य व्यवसायलाई व्यवस्थित गर्न नसकिए पनि अब छिट्टै विकल्प खोज्ने बताएका छन् ।
उक्त क्षेत्रमा प्राय ः फलफुल , तरकारी , चटपट लगायतका ठेला जन्य व्यवसायहरु बढ्दै गएका छन् । ठेला जन्य व्यवसाय हटाईएपछी केही ठेला जन्य व्यवसायीले मात्र सटर सहितको कोठामा व्यवसाय शुरु गरेका छन् । तर कोठा भाडा महङगो भएकोले सोचे जस्तो आम्दानी गर्न नसकेको व्यवसायीको गुनासो छ । ठेला जन्य व्यवसायहरुका लागी पर्सा स्थित सिनेमा हलको जग्गामा सटर सहितको कोठा निर्माण गरेपनि त्यहाँ गएर व्यवसाय संचालन गरेका छैनन् । आफुहरुका लागी भनेर वनाईएको सटर सहितको कोठा ग्राहकका लागी पायक पर्ने ठाउँमा नभएकाले त्यहाँ नजाने व्यवसायिहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published.