उवासंघको पहिलो वैठकमा जिम्मेवारी वाडफाड, प्रथम उपाध्यक्षमा चुननारायण

चितवन, ०३ माघ । हालै मात्रै उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित पदाधिकारीहरु पहिलो वैठक जिम्मेवारी वाडफाड गर्दै सकिएको छ । कार्यसमितिको प्रथम बैठकबाट संघको विधान बमोजिम बार्षिक साधारण सभा सम्पन्न भएको ३ दिनभित्र कार्यसमितिले निर्वाचित उपाध्यक्षहरु मध्येबाट प्रथम, दितीय र तृतीय उपाध्यक्षहरुको छनौट गर्ने प्रावधान अनुसार प्रथम उपाध्यक्षमा चुननारायण श्रेष्ठ, दितीय उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्षमा विष्णुप्रसाद कंडेल सर्वसम्मत् रुपमा छनौट गरिएको संघका कार्यकारी निर्देशक रसिक प्रधानले जानकारी दिए ।President-Rajan

यसैगरी उद्योग वाणिज्य संघ चितवनको ४९ ‍औं बार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रममा सहभागि हुनुभई संघलाई पुर्याउनुभएको अतुलनिय सहयोगका लागि संघको सम्पूर्ण साधारण सदस्यहरु, वस्तुगत संघहरु, कर्पोरेट सदस्यहरु, क्षेत्रीय संघहरु, संघका पूर्व अध्यक्षहरु, गत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, निर्वाचन समिति, सुरक्षाकर्मीहरु, सञ्चार गृहका प्रमुख तथा पत्रकार बन्धुहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्ने निर्णय गरिएको उनले बताए । यसअघि आजै विहान उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई संघको सचिवालयमा संघका कार्यकारी निर्देशक रसिक प्रधानलगायत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट स्वागत सहित अध्यक्षको कक्षमा स्वागत गरिएको थियो । भने बैठक संघका अध्यक्ष राजन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।swagat-president

तस्वीर उवासंघको फेसबुक पेज

Leave a Reply

Your email address will not be published.