शितलपुरका बासिन्दाले बल्ल स्वच्छ पानी पिउन पाउने भए

२० वटा धारा आजदेखि सञ्चालनमा

बिशाल सापकोटा,

चितवन, ०३ माघ । रत्ननगर शितलपुरका बासिन्दाले अब स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन । बिगत लामो समय देखि खोलाको पानी उपभोग गर्न बिवस् रत्ननगर–१० मंगलपुरका स्थानियले सरोकारवाला निकायको सहयोगमा स्वच्छ पानीको धारा गाउँ भित्राएका हुन ।

शितलपुर टोल बिकास संस्थाको सकृयतामा रत्ननगर नगरपालिका, लुमन्ती, र स्थानिय सामुदायीक बनको सहयोगमा बनेका धाराहरुको आज एक कार्यक्रमका बिच रत्ननगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै ढुङ्गानाले सामुदायीक धाराको अबधारणा अनुरुपमा त्यहाँका स्थानियलाई सहयोग गरिएको बताउनुभयो । उहाँले पानीको आवश्यक मात्रामा उपभोग गरि मितव्ययीता अपनाउन स्थानियलाई आग्रह समेत गर्नुभयो । समुदायका हितमा ल्याईने योजनालाई नगरपालिकाले सँधै सहयोग गर्ने ढुङ्गानाले बताउनुभयो ।

यस्तै उद्घाटन सत्रमा स्वागत मन्तब्य राख्दै संस्थाका सचिब सुनिल बि.क.ले धारा बनेपछि स्थानियबासी निकै हर्षित भएको बताउनुभयो । कार्यक्रममा संस्थाकी सदस्य रञ्जना तामाङ्गले धारा बनाउन लागेको लागत बिवरण प्रस्तुत गर्नुभएको थियो । धारा बनाउन रत्ननगर नगरपालिकाबाट, ७५ हजार बराबरको धाराका सामान, पञ्चकन्या सामुदायीक बनबाट २५ हजार, जयमंगला प्रशंसा चर्चबाट ५२ हजारका धाराका सामाग्री, लुमन्तीबाट ५१ हजार २२ रुपैयाँ सहयोग प्राप्त भएको सदस्य तामाङले जानकारी दिनुभयो । यस्तै लुमन्ती आवास परियोजनाले १३ सय मिटर लामो पाईप पनि सहयोग गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह लामा, स्थानिय पत्रकार, र स्थानियबासीहरुको सहभागीता रहेको थियो । १ सय १० घरधुरी रहेको शितलपुरमा २० वटा धारा जडान भएपछि स्थानियलाई नुहाउन, कपडा धुन, र अन्य घरायसी प्रयोजनका लागी पानीको सहजता भएको छ । कार्यक्रम शितल टोल बिकास संस्थाकी अध्यक्ष रञ्जिता तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.