कवि असरफको जीवन रक्षाका लागी रामपुरमा दबाबमुलक कार्यक्रम सम्पन्न

बिशाल सापकोटा/चितवन, २ माघ
फाँसीको सजाए पाएका साउदी अरेबियन कवि असरफ फयादको जीवन रक्षाको माग गर्दै चितवनको रामपुर क्याम्पसमा शनिबार कविता बाचन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभराम्भ साहित्य समाज रामपुर क्याम्पस र एडुयुथ डिसकसन फोरम चितवनको सयुक्त आयोजनामा भएको कार्यक्रममा चितवनका स्थानिय कवि, साहित्यकार, बुद्धिजीवी लगायतको उपस्थिती थियो ।

कार्यक्रम बोल्दै बक्ताहरुले प्यालेस्टेनी मुलका ३५ बर्षिय कवि फयादमाथि लेखेकै आरोपमा मृत्युदण्ड दिईएको भन्दै जहाँ सुकैको राज्यले सर्जकलाई दबाउन चाहने गरेको बताए । अन्तक्रियामा कार्यक्रममा कवि भुपिनले लेख्ने पाउने ब्यक्ति स्वतन्त्र अधिकार भएको भन्दै कुनै पनि देशको सरकारले लेखकिय अधिकार कुण्ठित गर्न नहुने सौरहा अनलाईनलाई बताए । उनले बिश्वभर नै असरफ फयादका पक्षमा दबाबमुलक कार्यक्रम भईरहेको जानकारी दिँदै चितवनमा आयोजना गरिएको कार्यक्रमबाट पनि थप दबाब पुग्ने दाबी गरे ।

अंग्रेजी भाषाका उपन्यासकार ईश्वर कडेंलले असरफ फयादका कविताहरुलाई नेपालीमा अनुबाद गरेर सुनाएका थिए । १ मिटरको कपडामा सामुहिक हस्ताक्षर गरि त्यसलाई अन्तराष्ट्रिय फोरममा पठाईने साहित्यकार एल. बि. क्षेत्रीले बताए । यस्तै कार्यक्रममा साहित्यकारहरु एल.बि क्षेत्री, भुपिन, ईश्वर कडेंल, रेशम बिरही, उदय अधिकारी, अनमोल कडेंल, डा. हिमाल लुईटेल लगायतले फयादलाई दिईएको सजाएबारे टिप्पणी समेत गरेका थिए । उनिहरुले फयादले लेखेका कविताको नेपाली अनुबाद र आफ्ना मानवताबादी कविता प्रस्तुत समेत गरेका थिए ।

एमनेस्टी ईन्टरनेशनलले सुरु गरेको कवि असरफको जीवन रक्षा अभियानलाई बिश्वभरीका कविहरुले ऐक्यबद्धता जनाउँदै आएका छन । सोहि अभियानलाई पछ्याएर रामपुरमा शनिबार गरिएको कार्यक्रमले अन्र्तराष्ट्रिय फोरममा समेत थप दबाब पुग्ने शुभारम्भ साहित्य समाज रामपुरका अध्यक्ष अनमोल कडेंले बताए ।
‘ईन्ट्रक्सन वीदिन’ किताबमा ईस्लाम धर्मको आलोचना गरेको तथा युट्युबमा सरकार बिरोधी भिडियो अपलोड गरेको आरोपमा साउदी अरेबियन कवि असरफ फयादलाई गएको नाभेम्भर १७ तारिखमा साउदीको न्यायालयले मृत्युदण्डको सजाएको सुनाएको छ । त्यस लगत्तै एमनेस्टी ईन्टरनेशनलले सुरु गरेको कवि असरफको जीवन रक्षा अभियानलाई बिश्वभरीका कविहरुले ऐक्यबद्धता जनाउँदै आएका छन ।

Leave a Reply

Your email address will not be published.