रानीपोखरीबाट राष्ट्रपतिले सुरु गरिन पुनर्निमाणको महाअभियान

काठमाडौं, माघ २ । विनाशकारी भूकम्प गएको नौं महिनापछि शनिबार(आज)बाट पुनर्निमाण महाअभियान थालिएको छ ।
राष्ट्रपति विद्या भण्डारीले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निमाणको शुभारम्भ गरेकी हुन । आजै प्रधानमन्त्री केपी ओलीले ललितपुरको बुङ्गमतिमा क्षतिग्रस्त पुरातात्विक सम्पदा पुनर्निमाणको कार्ययोजना सार्वजनिक गरेर पुनर्निमाण महाअभियानमा सहभागिता जनाए ।Rani-Pokhari-recontruction-9
महाअभियानको थालनीसँगै तत्काल अति आवश्यक ठाउँहरुमा केही काम हुनेछ भने पुनर्निमाणको विस्तृत कार्य आगामी बैशाखबाट मात्र थालिने जनाइएको छ । समग्र पु्नर्निमाणमा करिव सात खर्व रुपैयाँ खर्च गरिनेछ ।
पुनर्निमाणको कुल बजेट मध्ये दातृ निकायले करिव ४ खर्व रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पुनर्निमाण प्राधिकरणका कायममुकायम सचिव मधुसुदन अधिकारीले तत्कालका लागि केही काम थालिए पनि विस्तृत कार्ययोजना बनेपछि आगामी बैशाखबाट पुनर्निमाण महाअभियानले तिव्रता पाउने बताए ।
गत बैशाख १२ गते गएको महाभूकम्पमा परी आठ हजार भन्दा वढीले ज्यान गुमाएका थिए भने पाँच लाख वढी नीजि घर क्षतिग्रस्त बनेका थिए ।

Leave a Reply

Your email address will not be published.