थारुको खिचरा महोत्सवमा दर्शकको ओइरो

 

चितवन, ०२ माघ । थारु समुदायको नयाँ वर्षको दिन पुर्वीचितवनको खैरहनीमा जारी खिचरा महोत्सवको तेश्रो दिन १० हजार दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवको तेश्रो दिन शुक्रवार टिक गणनाका आधारमा करिव १० हजार दर्शकले अवलोकन गरेको आयोजक थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ ले जनाएको छ ।

थारु समुदायको नयाँ वर्ष माघी,नेपालीहरुको चार्ड माघेसक्रान्ती र सार्वजनिक विदा पनि परेकाले शुक्रवार महोत्सवस्थलमा निकै खचाखच देखिन्थ्यो ।

महोत्सवमा भएको साँस्कृतिक कार्यक्रममा सन्दिप क्षेत्री र स्थानिय गायक मनोज चौधरीले सहभागी दर्शकलाई मनोरञ्जन दिलाएका थिए । क्षेत्री हास्य कलाकार हुन् । साथै स्थानिय चौधरी समुदायको झाम्टा,लाठी नाच समेत प्रस्तुत गरिएको थियो ।

महोत्सवको चौथो दिन शनिवार राष्ट्रिय गायक शिव परियारलगायतका कलाकारको प्रस्तुती रहने महोत्सवका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।

थारु संस्कृतिको प्रर्वद्धन गर्ने उद्धेश्यका साथ थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा राष्ट्रिय एकता र विविधता हाम्रो शान,वहुजाती भाषा,संस्कृती नेपालको पहिचान भन्ने मुल नाराका साथ बुधवारदेखी सुरु भएको महोत्सवमा थारु जातीले प्रयोग गर्ने सामाग्रीहरु ,खानाका परिकारसहित व्यवसायिक स्टलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.