गण्डक बाँधको पीडा : भारतको मनपरी, निरिह नेपाल

 

टीकाराम गैरे
नवलपरासी, ०२ माघ । नवलपरासीका किसानले गहुंमा पानी सिंचाई गर्न अझै पाएका छैनन् । नेपाल गण्डक पश्चिम नहरमा पानी नआएपछि कमाण्ड क्षेत्रका किसानले सिंचाई गर्न नपाएका हुन् । नेपाल भारत संयुक्त परीयोजना त्रिबेणीको गण्डक बाँधमा पानी सतह वाटर लेबल निमील्दा नेपाल तर्फको पश्चिमी नहरमा पानी आउन नसके पछि किसानलाई सिंचाईमा समस्या भएको पश्चिमी नहर समितिका सदस्यहरुले बताए । भारतीय पक्षको हातमा नेपाल तर्फको पश्चिमी नहरको समेत ताला रहने हुँदा नेपाली नहरमा पटक पटक विभिन्न समस्या आउने गरेका छन् ।
यो समय नारायणी नदिमा पानीको बहाब कम भएकाले भारतीय पक्षले आफनो मुल नहरमा पानी घटने डरले नेपाल तर्फको पश्चिमी नहरमा वाटर लेभल मेन्टेन नगरी दिएको सिंचाई कार्यालय सेमरी नवलपरासीले जनाएको छ ।
वाटर लेभल मेन्टेन नभए पछि नेपालतर्फको पश्चिमी नहरमा पानीको बुंद समेत नछिर्ने यसका जानकार प्रेमचन्द्र गुप्ताले जानकारी दिए ।
नहरमा पानी नआएपछि कमाण्ड क्षेत्रका चौध गाबिसका हजारौ किसानले गहुको समयमा सिंचाई गर्न पाएका छैनन् ।
नहरमा पानी नआएपछि पम्पसेट लागाएर सिंचाई गर्न किकसानहरु बाध्य भएका छन् जसका कारण उत्पादन लागत बढ्ने किसानको भनाई छ ।
नहरमा पानी नआउने र भारतीय अघोषीत नाकाबन्दिले डिजेल नपाएर सिचाई गर्न नपाएको किसानको गुनासो छ ।
नारायणी नदिमा पानीको बहाव धेरै भएमा मात्र नेपाली किसानले सिंचाईकालागी पानी पाउने छन, कमाण्ड क्षेत्रका रामकृपाल गिरीले बताए ।
बर्षातमा भारती पक्षले अध्याधीक मात्रमा नेपाल तर्फको पानी सतह बढाई दने गर्दा नवलपरासीका दक्षिणी १३ गाउ बिका समितिले बर्षेनी बाढीको समस्या झेल्दै आउनु परेको र हिउदमा सिंचाई समेत गर्न नपाईने समस्याले किसानलाई समस्यै
समस्याले गाँजेको गिरीको गुनासो छ ।
नेपाल भारत गण्डक संझौतामा नेपाललाई २ सय ५० क्वीसेक पानी दिने भनीएको छ ।
गहुंको सिजनमा पानीको तह मिलाई पश्चिमी नहरमा पनी देउ भन्दा भारती पक्षले पटक्कै नसुनेको पश्चिम नहर समितिका पदाधीकारीहरुको भनाई छ ।
गण्डक सम्झौताको कार्यान्वयन गर्न स्थापित भुआर्जन कार्यालय पनि निरही जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published.