चितवनका एक निर्वाचन एक कालोपत्रे सडकको निर्मांण ठप्प

बसन्त ढुंगाना 
चितवन, ०२ माघ । भारतको नाकाबन्दीले प्रभाव नपारेको साहेदै कुनै क्षेत्र नहोला । त्यसमा पनि सडक निमार्ण तथा मर्मत गर्ने काम ठप्प जस्तै बनेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार एकाध काम बाहेक अरु काम रोकिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक अन्तरगत र क्षेत्रिय सडक निमार्ण तथा मर्मतका लागि पाँच महिना अघि देखि नै ठेक्का लगाई सके पनि ति सडकहरुको निमार्ण तथा मर्मतको कार्य ठप्प छ । सडक डिभिजन कार्यालय भरतपुरले एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक र क्षेत्रिय सडक तथा राजमार्ग मर्मतका लागि भन्दै २६ करोड २३ लाख २६ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का दिईसके पनि काम भने नभएको जनाएको छ ।
निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगतका ७ निर्वाचन क्षेत्रमा २४ करोड ७८ लाख २६ हजार १ सय ५५ रुपैयाँ र ११ स्थानका सडक रिकरेन्ट मर्मतका लागि १ करोड ४५ लाख ४ सय ९७ रुपैयाँमा ठेक्का दिईसकेको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगतको सडक मध्ये चितवन क्षेत्र नम्वर ३ मा रहेको विशाल चोक, गाई खर्कको १.५ किलोमिटर सडकको अझै ठेक्का प्रकृयामा रहेको छ ।
गत आर्थिक वर्ष सरकारले एक निर्वाचन क्षेत्र कालोपत्र सडक दिने निर्णय अन्तरगत प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोडको बजेट छुट्याएको थियो ।
चितवनमा एक निर्वाचन क्षेत्र एक कालोपत्रे कार्यक्रम अन्तरगत निर्वाचन क्षेत्र नम्वर १ मा गोव ,बोटेघाट भुवानी, सडक खण्डको ३.६९५ किलोमिटरको ३ करोड ५९ लाख ५७ रुपैयाँ, क्षेत्र नम्वर २ मा पिठुवा, शक्तिखोर, सिद्धि, वाङ्ग , हुग्दी सडक खण्डको ३.७६ किलोमिटरको ३ कारोड ७६ लाख ८ हजार ७६ , क्षेत्र नम्वर ४ को शिवघाट, मंगलपुर , हरैया, विजय नगर सडक खण्ड अन्तरगतको ४ किलोमिटर ३ करोड ६९ लाख ७२ हजार ८ सय २५ र क्षेत्र नम्वर ५ अन्तगत गोलाघाट सिमरी टाउन सडकको ४ किलोमिटर ४ करोड १३ लाख २२ हजार ६ सय ८१ रुपैयाँ बजेटमा कालोपत्रेका लागि यही असर मसान्तमा ठेक्का भईसकेको छ ।
त्यस अन्तरगत सडक डिभिजन कार्यालय भरतपुरले हेर्ने चितवन र धादिङ्का ८ वटा निर्वाचन क्षेत्र मध्ये ७ वटामा ठेक्का लगाई सकेको छ । तर काम भने कुनै क्षेत्रमा पनि सञ्चालनमा नआएको बताउँछन् सडक डिभिजन कार्यालय भरतपुरका निमिक्त प्रमुख इन्जिनियर शंशाङ्क मिश्र । ‘असारमा ठेक्का लगाए पनि भदौ बाट नै काम सरु हुनु पर्ने थियो तर मधेश आन्दोलन र नाकाबन्दीका कारण इन्धन अभाव हुँदा काम रोकिएको छ, मिश्रले भने, वर्षातको समयमा सडक मर्मत तथा निमार्णका काम नहुने भए पनि ठिक्क भदौ बाट सडक निमार्णको समयमा इन्धन अभाव हुँदा काम रोकियो’ ।
सडक बनाइने भनिए पछि हर्षित भएका स्थानीय काम रोकिए पछि दुखी भएका भएका छन् । लामो समय देखि धुलो र हिलोको सास्ति पाएका थियौँ अझ कतिन् जेल हिलो र धुलो खाएर बस्नु पर्ने हो मंगलपुर शान्तिचोकका महेश पौडेलले भने । यस अघि पनि जिविस, सडक विभाग धेरै पटक कालोपत्रे गर्ने भन्दै पटक पटक धाईयो सुनुवाई भएन तर बल्ल बल्ल कालोपत्रेको लागि बजेट परेको छ । अझै काम सुरु हुन सकेको छैन्’ ।– उनले भने । कच्चिसडक भएकाले सडकमा गाढि चलाउँदा त्यहाँ भएका ढुंगा उफ्रिएर घरको सिसामा लागेर शिशा फुट्ने गरेको उनले बताए ।
वर्षाको सयममा सडकमा रहेका खाल्डोमा पानी जम्दा सडकमा गुडिरहेका सवारी साधानले हिलो उछिट्याएर घर भरि हिलो र बर्खामा धुलोले पुने गरेको स्थानीय हरी कंडेल बताउँछन् । सुख्खा हिलो, वर्खामा धुलोले ढाक्ने गरेको उनले बताए ।
यी सडकहरुको १५ महिना भित्र काम गरि सक्नु पर्ने भन्दै ठेक्का दिईएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । कार्यालयका प्रमुख मुकुन्द राज अधिकारीले अहिले कै अवस्थामा मर्मतका कामहरु वाहेक अन्य सडक विस्तारका कामहरु वर्षको लक्ष्य अनुसार पुरा गर्न सक्ने भन्दै अव केहि समय यस्तै लम्विदै जाने हो भने सडक निमार्णको काम ठप्प हुने बताए ।
अहिले गिटि बालुवा पनि खुलेको छ र देशको पस्थिति सहज भयो भने काम लक्ष्य अनुसार सकिन्छ उनले भने ४÷५ महिना त पछि धकेलिए पनि त्यति धेरै फरक नपर्ने उनको भनाई छ । देशको परिस्थिती सहज भएर समयमा नै निमार्ण कम्पनीहरुले काम पुरा गरेरन भने कारवाही गरिने उनले बताए । ‘सडक निमार्ण सामाग्रिहरुको सहज भयो भने उनिहरुले समयमा नै काम सक्नु पर्छ, अधिकारीले भने, क्षेत्र तोडेर कसैले काम गर्छ भने तिनिहरुको विभिन्न प्रकारका कारवाही गरेर असुल उपर गरिन्छ’ ।
पछि ठेक्काको म्याद थप्नु पर्छ वा पर्दैन भन्नेमा हामीले मुल्याङ्कन गरेका गरेका छौँ, अहिले नै ठेक्काको म्याद थप्ने कुरामा पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।
यी कामहरु १५ महिनामा सक्नु पर्ने म्याद रहेको छ । तर ठेक्का लागेको ५ महिना विति सक्दा पनि निमार्ण कम्पिनीहरुले कामको सुरु समेत गर्न पाएको छैनन् । त्यस कारणले पनि सडक निमार्ण कार्यमा ढिलाई हुने पक्का छ ।
भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ र निमार्ण सामागी्र आपुर्ति ठप्प हुँदा चितनव सहित देशभर सञ्चालित सडक निमार्ण काम नराम्ररी प्रभावित छ । इन्धन अभावले साना तथा ठुला सडकका आयोजनाका कामहरु अड्किएका छन् ।
‘यो बेला ५ प्रतिशतको हाराहारीमा भए पनि हामीले काम गर्नु पर्ने थियो । तर काम सुरु नै भएको छैनन् पर्सा खैरहनी शान्तिवजार कठार उत्तरा खण्डको सडक मर्मत तथा विस्तारको जिम्मा ल्याएका आशिष निमार्ण सेवाका इन्जिनियर रोहित भट्टराई भन्छन् । भदौ सुरु भए पछि कामको चाप बढने सयममा इन्धन अभाव हुँदा त्यतिकै बस्नु परेको बताए ।
भारतको अघोषित नाकाबन्दी र मधेसको आन्दोलनका कारण इन्धन अभाव हुनुका साथै तराई बाट आउने कामदारहरु नआउँदा पनि सडक निमार्ण तथा मर्मतको काम अलपत्र परेको हो । उनले भने, ७० प्रतिशत कामदार तराईलका हुन् , तिनीहरु मधेस आन्दोलनका कारण आउन सकेका छैनन् । इन्धन अभाव छ काम तोकेको समयमा सक्न गाह्रो हुने बताए । हाम्रो कम्पनीले यो वर्षमा ७ वटा सडकको ठेक्का ल्याएको छ, उनले भने, एकाध काम बल्याकमा तेल किनेर गरिरहेका छौँ’।
अहिले चितवनमा टाँढिमा २.३ किलोमिटरको सडक मर्मत, फुर्तिचोक, विजय नगर, भण्डारा पिठुवा भण्डारा भोजावट उत्तरा खण्डको एकाध काम वाहेका अन्य मर्मतका कार्य हुन नसकेको सडक डिभिजन कार्यालयका ईन्जिनियर शंशाङ्क मिश्रले बताए ।
यस सडक डिभिजन कार्यालय भरतपुरले चितवन, धादिङ् जिल्लाका सडहरु हेर्ने गर्दछ । राजमार्ग तथा क्षेत्रिय सडकहरु पर्दछन् । यहाँ ४२ क्षेत्रिय स्तरका सडक, ६६ सहरी सडकमा, ४ सम्भावित प्रादेशीक सडक, २ रणनितिका सडक र ८ निर्वाचन सडक गरी १ सय २२ वटा सडक हेर्ने काम गर्दछ ।
त्यसमा पनि अहिले सम्म डिभिजन कार्यालयले पहिलो चरणमा ११ वटा रिकरेन्ट मर्मतका ठेक्का लगाईसको छ । त्यस्तै दोस्रो २७ वटा सडक निमार्ण तथा मर्मतका लागि ठेक्काको प्रकृयामा रहेको कार्यालयका प्रमुख मुकुन्द राज अधिकारीले जानकारी दिनु भयो । क्याम्पस चोक, चौविसकोठि, मालपोत, यज्ञपुरी लंकु–विशालचोक, भरतपुर– क्यान्सर अस्पताल, गौरीगंज, हाकीमचोक– हस्पिटल रोड रिकरेन्ट मर्मतका लागि १० लाख ४२ हजार ४ सय ५३ रुपैयाँमा ठेक्का भईसकेको अधिकारीले जानाकारी दिनु भयो ।
लोथर देखि नारायणगढ सडक अन्तरगत २७ लाख ५४ हजार ८ सय ९९, नारायणगढ–एरपोट, आँपटारी– देवघाट सडक अन्तरगत ७ लाख ९५ हजार ३७, भरतपुर–माडि–थोरी हुलाकी सडक खण्ड अन्तरगत ६ लाख ७ हजार ८ सय ८ त्रिभुवन राजथपका १८ लाख ९५ हजार ५ सय ७४, पृथ्वी राजमार्गमा १६ लाख ५६ हजार रुपैयाँको बजेटमा रिकरेन्ट मर्मतमा ठेक्का लागि सकेको उहाँले जनाकारी दिनु भयो ।
डिभिजन कार्यालयले विभिन्न स्थानका सडकको रिकरेन्ट मर्मतका लागि १ करोड ४५ लाख ४ सय ९७ रुपैयाँमा ठेक्का लगाएको छ । त्यस्तै २७ वटा सडक निमार्ण तथा मर्मतका लागि १ करोड ३७ लाख २७ हजार ८ सय ४५ रुपैयाँको बजेटको ठेक्का लगाउने प्रकृयामा रहेको कार्यालयले जनाकारी दिएको छ ।
‘सडक मर्मतको काम एक दिन भएन भने १० गुण नोक्सानी हुन्छ’ । कार्यालयका प्रमुख अधिकरीले भने ।– अहिले निमार्ण कम्पनीहरुले समयमा नै काम गर्न सकेको छ्रैनन त्यस कारण पनि अहिले मर्मत कार्यको काम पछि धेकिलिदै जान््छन् । निर्माण कार्य पनि एउटै लेवलमा गर्न नसकिने अवस्था आउने उनले बताए ।
अझै केहि समय नाकाबन्दी र मधेसको आन्दोलन लम्विदै जाने हो भने पछि पिकपको टाईमा सडक निमार्ण गर्न प्रयोग गर्ने ढुंगा, गिटि, वालुवाको पनि अभाव हुने र म्यान पावरको पनि कमी हुने भन्दै अधिकारीले काम गर्न कठिन हुने बताए ।
अधिकारीले अहिले नियमित रुपमा खाल्टा खुल्टी पुर्ने काम भएको बताए पनि चितवनका अधिकांस राजर्मागमा भने भएको पाईदैनन् । सडकका छेऊ छाऊमा ढुंगा गिटि बालुवा राखेको लामो सयम भैसकेको छ । तर खाल्टा पर्ने काम भने भएको छैनन् भरतपुरका एक स्थानीय अशिस बडुवालले भने ।

Leave a Reply

Your email address will not be published.