सौराहा फुड फेष्टिबल बारेमा सुझाव संकलन गर्दै तयारी शुरु

राजेन्द्र आचार्य
चितवन, ०२ माघ । प्रत्येक बर्ष भ्यालेन्टाइन डे(प्रेम दिवस) को अवसर पारेर सौराहामा आयोजना हुन लागेको सौराहा फुड फेष्टिबल को तयारी शुरु भएको छ ।
चितवन हात्ती महोत्सव सकिएसगै चितवनको पर्यटन प्रर्वद्धनका लागि सौराहा फुड फेष्टिवलको तयारी सुरु गरिएको आयोजना संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाले जनाएको छ ।
2
‘प्राकृतिक सौन्दर्य सौराहा चितवनकोे बिशेषता भन्ने मूल नाराका आयोजना हुने फुड फेष्टिवललाई यो बर्ष थप व्यवस्थित गर्न सरोकारवाला निकायसगं स्ुझाव संकलन गर्दै फेष्टिवलको तयारी सुरु गरिएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट (राजन)ले जानकारी दिए ।
सौराहा स्थित केसिज रेष्टुरेण्टमा भएको छलफलमा यो पटकको फेष्टिवल सौराहा स्थिित रत्ननगर नगरपालिकाको सार्वजनिक सिसवार खेल मैदानमा हुने निर्णय भएको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए ।

यस्तैे फेष्टिवलको टिकटबाट हुने आम्दानी सबै सामाजिक कार्यमा खर्च गरिनेछ– अध्यक्ष भट्टदे भने, जसमा बालश्रमिक न्यूनिकरण गर्न, सडक बालबमलिकमा उत्थान, स्थानिय क्लबलाई सहयोग गरिनेछ ।
गत बर्ष भन्दा भव्य वृहत रुपमा सौराहा ब्राण्डका रुपमा फेष्टिबललाई चिनाउन लागेका छौ संयोजक नरशे गिरीले भने । त्यहि कारण यस बर्ष फेष्टिबल माघ २८ गते देखि फागुन ३ गतेसम्म चल्नेछ । ५ दिनसम्म हुने फेस्टिवलमा यो पटक पत्रकारहरुको लागी घैटौ फुटाउने प्रतियोगितासगै पर्यटक दौड, वेटर रेस, डोरी तान्ने, प्रेमपत्र लेखन लागायतका प्रयिोगिता हुने एबं आर्कषणको रुपमा फेष्टिबल अबलोकन गर्न आउने उत्कृष्ट एक जोडीलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ । भने यो पटक देखि कैचडी, चुड्का।3 रत्यौली र गृहणी विच नुत्य प्रतियोगिता थप गरिएको अध्यक्ष भट्टले जानकारी दिए । साथै सौराहा नगरीको सरसफाई र विभिन्न धोजा पतकाले सिगारने काम समेत शुरु भईरहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न गोर्खा बु्रअरी प्रा.ली मुख्य प्रयोजक, सह–प्रयोजकमा वोर्टलस नेपाल तराई लि.र हिमालयन डिष्टिलरी प्रा.लि. रहेको छ भने सरत्ननगर नगरपालिका रहेको छ ।
सिसवार खेल मैदानमा हुने फेष्टिवलमा दैनिक रुपमा ख्याति प्राप्त कलाकारहरुले संगीतिक प्रस्तुतीसगै आदीवासी थारुको कला संस्कृतिको नाचहरु, चुडका भजन पचेवाजा पनि रहने रेवानका पूर्व अध्यक्ष सिताराम कुमालले जानकारी दिए । चार दिन सम्म चल्ने प्रतियोगितामा ३५ लाख खर्च हुने १ करोड बढि कारोबार हुने फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । फेस्टीवलमा ६० वटा स्टल समेत रहनेछ ।
रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा सम्पन्न सुझाव संकलनमा चितवन राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत रमेशकुमार यादव, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवं प्रहरी नायव उपरिक्षक जयराम सापकोटा, रत्ननगर नगरपालिका बछौली सेवा केन्द्रका प्रमुख बासुदेव रिजाल, सौराा बचतका अध्यक्ष गणेश खतिवडा, क्षेत्रिय होटल संघका उपाध्यक्ष सुमन घिमिरे, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारी, वविता चौधरी, पूर्व अध्यक्षहरु सुवाचन्द्र गौतम, पूरुषेत्तम श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.