स्वाइन फ्लुबाट तनहुँका एक युवकको मुत्यु

तनहुँ, २ माघ
तनहुंका एक मुस्लिम युवकको स्वाइन फ्लुबाट मृत्यु भएको छ । व्यास–२ डाङ्ग्रेखोल्सी निवासी ३६ वर्षीय युसुफ मियाँको स्वाइन फ्लुका कारण मुत्यु भएको छिमेकी शेष हनिफ गोरा मियाँले वताए ।

दुई हप्ता अघि देखि ज्वरोले थलिएका युसुफलाई गत शनिवार मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि मंगलवार हेलिकोप्टरमा राखि ग्रान्डि अस्पताल काठमाडौं लगिएको मियाँले वताए ।

ग्राण्डीबाट पनि टिचिङ अस्पताल लगि उपचार भइरहेकोमा हिजो विहान टिचिङ अस्पतालले युसुफलाई मृत घोषणा गरि उनमा स्वाइन फ्लु पोजेटिभ देखिएको पुष्टि गरेको उनका दाजु याकुव मियाँले जानकारी दिए । ग्राण्डी अस्पतालले थाइल्याण्ड पठाएको रिपोटमा समेत ती युवकमा स्वाइन फ्लु पोजेटिभ देखिएको चिकित्सकले वताएका छन ।

Leave a Reply

Your email address will not be published.