मोर्चाका मागमा शीर्ष तहमा छलफल हुँदै

माघ २
मधेसी मोर्चाका मागमा विषयमा सहमति खोज्न आज शीर्ष तहमा छलफल हुँदैछ । कार्यदल तहमा बनेको अनौपचारीक सहमतिलाई आज शीर्ष तहमा छलफल गरेपछि साझा धारणा बनाइनेछ । मधेसी मोर्चाले राखेका मागमा हिजो कार्यखदलले अनौपचारिक प्रस्ताव तयार गरेको छ ।

मधेसी मोर्चाका ११ माग मध्ये ६ वटामा प्रमुख तीन दल सहमति नजिक छन् । प्रदेशको सीमांकन फेरबदल गर्ने मात्र होइन, वैवाहिक अंगीकृत नागरिकता, समानुपातिक समावेशी, निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति र स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुनबमोजिम हुनुपर्ने मागबारे प्रमुख दल सकारात्मक छन् ।

त्यसैले राजनीतिक संयन्त्र बनाउने समझदारी हुन लागेको हो । मोर्चा पनि जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न लचिलो छ । आजको शीर्ष तहको छलफलको समय भने तय भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published.