टाँडी—झुवानी सडक कालोपत्रे सुरु

रत्ननगर, ०२ माघ
रत्ननगर नगरपालिका अन्तर्गत टाँडी—झुवानी सडक खण्ड कालोपत्रे निर्माण सुरु गरिएको छ । भौतिक तथा योजना निर्माण मन्त्रालयको ३ करोड २७ लाखको लागतमा ४ किलो मिटर सडक निर्माण कार्य सुरु गरिएको सडक निर्माण सरोकार समितिका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

चितवन क्षेत्र नं.साँसद सुरेन्द्र पाण्डेको पहलमा रत्ननगर शितलचोक देखी पडरिया,झुवानी,वोटेघाट हुदै गवै सम्मको सडक निर्माण गरिन लागेको हो ।
निर्माण सुरु गरिएको सडक ४ किलो मिटरको रहेको निर्माण सरोकार समितिका अध्यक्ष रेग्मीले वताए ।

डिभिजन सडक कार्यालयको वहुवर्षिय योजना अन्तर्गत यस वर्ष ४ किलो मिटरको सडक निर्माण हुनेछ । निर्माण सुरु भएको सो सडकखण्डको शुक्रवार निर्माण सरोकार समिति,रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराल,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायत पत्रकारसहितको टोलीले अनुगमन गरेको छ ।

.