कवि असरफको जीवन रक्षाका लागी शनिबार रामपुरमा दबाबमुलक कार्यक्रम हुने

बिशाल सापकोटा/चितवन, २ माघ
फाँसीको सजाए पाएका साउदी अरेबियन कवि असरफ फयादको जीवन रक्षाको माग गर्दै चितवनको रामपुर क्याम्पसमा शनिबार कविता बाचन कार्यक्रम हुँदैछ । शुभराम्भ साहित्य समाज रामपुर क्याम्पस र एडुयुथ डिसकसन फोरम चितवनको सयुक्त आयोजनामा ‘फ्रिडम फर असरफ फयाद’ कार्यक्रम हुन लागेको हो ।

‘ईन्ट्रक्सन वीदिन’ किताबमा ईस्लाम धर्मको आलोचना गरेको तथा युट्युबमा सरकार बिरोधी भिडियो अपलोड गरेको आरोपमा प्यालेस्टेनी मुलका ३५ बर्षिय कवि फयादलाई गएको नाभेम्भर १७ तारिखमा साउदीको न्यायालयले मृत्युदण्डको सजाएको सुनाएको छ ।

त्यस लगत्तै एमनेस्टी ईन्टरनेशनलले सुरु गरेको कवि असरफको जीवन रक्षा अभियानलाई बिश्वभरीका कविहरुले ऐक्यबद्धता जनाउँदै आएका छन । सोहि अभियानलाई पछ्याएर रामपुरमा पनि ऐक्यबद्धता कविता बाचन कार्यक्रम आयोजना गरिएको शुभारम्भ साहित्य समाज रामपुरका अध्यक्ष अनमोल कडेंलले सौरहा अनलाईनलाई जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनका स्थानिय कविहरुले मानताबादी कविता पनि बाचन गर्ने कडेंलले बताउनुभयो । अग्रेजी भाषाका उपन्यासकार इश्वर कडेंलको पनि कार्यक्रम उपस्थिती रहने आयोजकले जानकारी दिएको छ । यस्तै असरफबारे कवि भुपिनको समिक्षात्मक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।आयोजकले बिद्यार्थी, कबि, राजनिती कर्मी र शिक्षाबिदहरुलाई कवि असरफको जीवन रक्षाका लागी दबाब दिन उपस्थितीको लागी अपिल समेत गरेको छ । कार्यक्रम दिउँसो २ बजे रामपुर क्याम्पस परिसरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.