माघे संक्रान्ति मेला भर्नेको घुईँचो (तस्वीर कथा)

प्रकाश सिग्देल
चितवन, १ माघ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाट धाममा माघे संक्रान्ति मेला भर्ने दर्शनार्थीहरुको घुईँचो लागेको छ । मेला भर्नको लागि बिहिबारदेखि नै चितवन, नवलपरासी, तनहूँ सहित देशका अन्य जिल्लाहरुबाट भक्तजनहरु आएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले बताएका छन् ।

देवघाट मेलामा मेला भर्न गएका श्रद्धालुहरु ।
देवघाट मेलामा मेला भर्न गएका श्रद्धालुहरु ।

पेट्रोलियम पदार्थको अभावमा यातायातको सहज सञ्चालन हुन नसक्दा पनि भक्तजनहरु हिडेर, साईकलमा ठुला तथा साना सवारी साधन प्रयोग गरेर आउने क्रम अधिक रहेकाले देवघाट प्रति भक्तजनहरुको धार्मीक आस्था उचो रहेको देखिएको उनले बताए ।
माघे संक्रान्तिमा देवघाटमा गएर स्नान गर्दा दुख खरण हुने, शन्तान शुख प्राप्तिहुने र पित्री मुक्त हुने पौराणिक विश्वासको आधारमा देवघाटमा हरेक वर्ष माघेसंक्रान्तिमा लाखौ भक्त जनहरु स्नानको लागी पुग्ने गर्दछन् ।
मेला परिसर र देवघाट क्षेत्रमा झत्तजनहरुको आवगमन सहज बनाउन र सहजै स्नान गर्न मिल्ने गरी सुरक्षा निकायको सहकार्यमा काम भएकाले कुनै पनि भक्तजनहरुले अप्ठ्यारो महसुस गर्न नपरेको र अप्रिय घटना हुन नपाएको क्षेत्रविकास समिति सदस्य तथा प्रचार प्रसार समिति सदस्य टंकनाथ पौडेलले बताए ।
11
समितिले शशस्त्र प्रहरी बलको आपतकालिन उदार टोली प्रयोग गरि जल सुरक्षा गरेको थियो भने नेपाल प्रहरीलाई मेला क्षेत्रको सुरक्षाको जिम्मा दिएको थियो । त्यस्तै नेपालि सेनाले स्वास्य शिबिर सञ्चालन गरि स्वास्थ्य उपचारको व्यवस्था मिलाएको थियो ।
मेलामा बिहिबार देखीनै भक्त जनहरु आउने क्रम भएकोले उनिहरुका लागी खाने र बस्ने ब्यवस्था समेत बिभिन्न संघ संस्थाले गरेको उनले बताए ।
मेला परिसरमा सामुदायीक सेवा केन्द्र नारायणगढले पनि निशुल्क चिया बिस्कुटको ब्यवस्था मिलाएको थियो । समितिले बिगतका वर्ष भन्दा यो वर्ष मेलालाई थप बेवस्थित गरेको पाइएको भक्तजन अमृत अधिकारीले बताए ।
क्षेत्र विकास समितिले नुहाउने स्नान घाट, स्नान स्थलसम्म जाने साधन,पार्कीगंको ब्यवस्था भक्तजनको सुरक्षा र अन्य सबै कुराको बन्दोबस्त मिलाएकाले स्नानमा सहज भएको उनले बताए ।
14
क्षेत्र विकास समितिले सवारी साधनको आवगमन ब्यवस्थीत बनाउन एकतर्फी यातयात सञ्चालन गरी पाकिगंको पनि उचित ब्यवस्था मिलाएको छ । ट्राफिक प्रहरीको परिचालन गरी देवघाट जानको लागी रामनगर, ठिमुरा सडक र फर्कनका लागि वागेश्वरी आँपटारी सडक प्रयोग गरिएको थियो ।
भक्तजनहरुको सहजताका लागि एकै पटकमा १ सय बढीले नुहाउन मिल्ने गरि काम गरेकाले मेला व्यवस्थित भएको कार्यकारी निर्देशक जयकृष्ण शर्माले बताए ।
यसैगरी बोटिंङको उचित व्यवस्था र पैदल मार्गबाट जाने झोलुंगे पुलमा पनि सुरक्षाकर्मी परिचालन गरी एकपटकमा एक सयजना मात्र यात्रु हिँड्न दिने व्यवस्था गरिएकाले बिगतमा भन्दा अझै मेला प्रभावकारी भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.