ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गयो

दयाराम आचार्य
नवलपरासी, ३० पुस । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्किबासमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जना मृत्यु भएको छ यस्तै एक जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ३२ प २७ ८३ नम्बरको मोटर साईकललाई सोहि दिशाबाट आउदै गरेको ना २ ख ९७ ५८ नम्बरको ट्रकले दुम्किबास ५ मा ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाईकमा पछाडि सवार मध्यविन्दु नगरपालिका ३ निवासी बर्ष २६ का दिपक श्रेष्ठको उपचारकोलागि भरतपुर लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलिमा राखिएको समेत प्रहरीले बताएको छ ।
यस्तै सोहि दुर्घटनामा परी सोहि ठाउ निवासी मोटर साईकल चालक बर्ष २२ का बिष्णु शर्मा घाईते भएका छन । घाईते शर्माको चोरमारामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.