पृथ्वी उच्च माविको अभिभावक भेला

शिशिर सिंखडा
रत्ननगर, ३० पुस । पूर्वी चितवनको कालिका नगरपालिका–५, भटेनीको अभिभावक भेला आज बिहिबार भएको छ । जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक रामकृष्ण सिंखडा प्रमुख अतिथि रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर वि.क.को अध्यक्षतामा भएको थियो ।

२०१६ सालमा स्थापना भएको विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययनरत छन् विद्यालयमा २०६६ सालबाट उच्च माध्यमिक तहमा पढाई शुरु गरिएको हो । अभिभावक भेला कार्यक्रममा विद्यालयका प्राचार्य गंगाराम गुरुङ्गले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका सहायक प्राचार्य नारायण प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शहिद स्मृति क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामबाबु घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिनोद रेग्मी, नेपाली कांग्रेसका कृष्ण बहादुर घिमिरे, एनेकपा माओवादीका सुदर्शन अधिकारी, भण्डारा श्रोत केन्द्रका श्रोतव्यक्ति रामकृष्ण लम्साल, विद्यालयका पूर्व शिक्षक इन्द्र प्रसाद ढकाल, शिक्षक पुस्कल बस्नेत, चर्तुमुखी उच्च मा.वि. का प्राचार्य पूर्ण बहादुर पुरी, अभिभावकहरु पूर्ण बहादुर वाईबा, सञ्चलाल वाईबा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.