यो जित सबै परिर्वतनकारी व्यवसायीहरुको हो : अध्यक्ष राजन गौतम

चितवन, ३० पुस । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वमा युवा व्यवसायी राजन गौतम आएका छन् । व्यवसायीहरुको साथका कारण उवासंघ चितवनमा राजन गौतमले ईतिहास तोड्दै अध्यक्ष पदमा विजयी भएका हुन् । यसै सेरोफेरोमा रहेको सौराहा अनलाईनका प्रधानसम्पादक राजेन्द्र आचार्यसगं कुराकानी गदै अध्यक्ष गौतमले जित आफ्नो मात्रै नभई चितवनको सबै व्यवसायीहरुको जित भएको प्रतिक्रिया दिएका छन् । भने आफ्नो जितलाई सबै परिर्वतनकारी व्यवसायीहरुको जित भएको उनी बताउछन् ।
हाल सम्मकोे कामको मूल्याकन,उद्योग बाणिज्य सघंको सदस्य बनेर काम गरिरहदाको अनुभव, सबैले दिएको हौसला र अनुभबले गर्दा मैले उबासघंमा आफु अध्यक्ष बन्न सफल भएको गौतमले बताए । स्थानिय निकायहरुसँग सुमुधुर सम्बन्ध राखि सहकार्य र समन्वय गरी सम्बृद्ध चितवनको निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनी बताउछन् ।
यसको मुख्यकारण भनेकै संघमा आवद्ध सदस्यहरुलाई संघप्रति अपनत्व महसुस गराउन,विधानको पूर्णरुपले पालना गराउन,वस्तुगत संघको सम्वन्ध सुदृढ गर्न,आर्थिक भौतिक सामाजिक पारदर्शिता तथा उत्तरदायित्व वहन, स्थानिय निकायहरु सँग सुमुधुर सम्बन्ध सहित सहकार्य र समन्वय गरी सम्बृद्ध चितवनको निर्माणको लागि आफु अझ सशक्त भएर अगाडी बढ्ने उनले बताए ।
अब प्रत्येक बस्तुगत संघका प्रतिनिधिहरुलाई मेला महोत्सवमा सधाउन भन्दा बढी केही जिम्मेवारी दिने प्रयास हुनेछ । बहुसंख्यक बस्तुगत संघहरु उद्योग वाणिज्य संघ चितवनको नेतृत्वको कार्यशैलीलाई लिएर अब सन्तुष्ट हुन पाउने छन् । स्थानिय निकायसँगको सम्वन्ध जहासम्म हामी उद्योग वाणिज्य संघ चितवन यस जिल्लाभरी रहेका व्यवसायीक संगठनहरुको छाता संगठनको रुपमा रही रहदा नजिकै रहेका रत्ननगर उ.वा संघ,जिविस, उ. वा संघ गैडाकोट सँगको सम्वन्ध सुमुधुर र सहकार्ययुक्त रहेको पाउनेछन् ।
यस्तै व्यापक रुपमा व्यवसायीको अभिव्यक्ति तथा हिजोका दिनको फुटेर गएका र जुट्न नसकेका तीतो अनुभवलाई हामीहरु सबै एकै ठाउँमा जुटेर नयां उपलब्धी हासिल गर्न मेरो पहल कदमी सधै तिव्र रुपमा अगाडी बढ्ने छ ।
व्यवसायी तथा सम्पूर्ण उद्योगीहरुसँग मेरो र हाल निर्वाचत भएको टिमको सम्पूर्ण साथीहरु सम्बन्ध अत्यतै निकट रहनेछ ।
घर बहालमा बस्नेहरुको हकहितका लागि घर बहाल उपभोक्ता मञ्चको गठन सँगसँगै महासंघसम्म पनि गठन भइसकेको छ । त्यसले धेरै समस्याहरुको निराकरण गरेता पनि घर बहालको वृद्धिदरको एकरुपता, निश्चित समयावधिको करार र घरधनी र घरबहालमा बस्नेहरु बीचको आचारसंहिता सहितको प्रावधान लागू गराई व्यवसायीलाई व्यवसाय गरेको स्थानमा निश्चित समय र निश्चित रुपमा वार्षिक भाडा वृद्धिदर कायम गरी व्यवसायीलाई निर्भिक र स्वाभिमानी पाराले व्यवसाय गर्ने वातावरणको स्थापना गर्नका लागि घर बहाल उपभोक्ता मञ्च, घर धनी र उद्योग वाणिज्य संघ चितवनको संयुक्त सहकार्यमा अगाडि बढाइ समस्याको स्थायी समाधान हुनेछ ।

Leave a Reply

Your email address will not be published.