उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा राजन गौतम विजयी

 
चितवन, ३० पुस । ईतिहास तोड्दै उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राजन गौतम विजयी हुनुभएको छ । गौतमले ९ सय ८१ मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का प्रत्यासी निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानलाई २ सय ४४ मत अन्तरले पराजित गर्दै गौतम विजयी हुनुभएको हो । प्रधानले ७ सय ३७ मत प्राप्त गर्नुभयो ।

अध्यक्षका लागी गौतम र निवर्तमाना बरिष्ठ उपाध्यक्ष प्रधान छुट्टाछुट्टै प्यानलसहित चुनाबी मैदानमा ओर्लिएका थिए । अध्यक्षमा विजयी भईसकेपछि गौतमले कालिका एफएमसँग कुराकानी गर्दै आफुले आगामि दिनमा सवैलाई मिलाएर लाने र व्यवसायीको हक हितका लागी सक्दो काम गर्ने बताउनुभएको छ । संस्थापनपक्षलाई पराजित गर्दै अध्यक्षमा विजयी भएको यो नै पहिलोपल्ट हो ।

संघको पदाधिकारी र कार्यसमिति सदस्यहरुमा प्रधान प्यानलको वर्चस्व देखिको छ । वरिष्ठ उपाध्यक्षमा प्रधान प्यानलका राजु श्रेष्ठ ९ सय २ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी गौतम प्यानलका रिसी प्रसाद लामिछानेले ७७९ मत प्राप्त गर्नुभयो । यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा चुन नारायण श्रेष्ठ ९ सय ७५ मत सहित विजयी भएका छन् । उहाँका प्रतिद्धन्द्धी भोजराज कौडालले ६ सय ६९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, वस्तु तर्फको उपाध्यक्षमा विष्णु प्रसाद कंडेल ९ सय ७० मत प्राप्त गरी विजयी भएका छन् । उहाँका प्रतिद्धन्द्धी बद्री अधिकारीले ७ सय ८ मत प्राप्त गर्नु भएको थियो । उद्योग तर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ ९ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका प्रतिद्धन्द्धी पुष्पनिधि लोहनीले ६ सय ९३ मत ल्याउनु भएको थियो । चुन नारायण श्रेष्ठ र सुमनकुमार श्रेष्ठ प्रधान प्यालनका हुन् भने विष्णु प्रसाद कंडेल गौतम प्यानलका हुन ।

यस्तै, वाणिज्य तर्फको कार्यसमितिहरुमा मुना गुरुङ, बाबुराम कंडेल, विपिन्द्र रामुदामु, राजेन्द्र ओली, बालकृष्ण र रविन्द्र के।सी विजयी भएका छन् । कूल १ हजार ८ सय २७ मतदाता रहेकोमा चुनाबमा १ हजार ७ सय ४६ जनाले मतदान गरेका थिए । ८१ जना मतदाता भने अनुपस्थित थिए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published.