राप्तिको ९ करोड ७ लाख बढी वजेट विनियोजन

प्रस्ताव सुवेदी
चितवन, २९ पुस । पूर्वि चितवनको राप्ति नगरपालीकाले आर्थिक वर्ष ०७३/०७४ का लागि ९ करोड ७ लाख २० हजार वजेट विनियोजन गरेको छ । जस मध्ये ४४ लाख ४५ हजार प्रशासनीक खर्च र अन्य विकास निमार्णका लागि खर्च गरीने गरी नगर परिसदले सो वजेट पारीत गरेको हो ।

नगरपालीकाको पहिलो नगर परिषदले नै पूर्वाधार निमार्ण र सडक निमााणर््लाई प्रथामीकता दिदै यो वजेट विनीयोजन गरेको हो । राज्य वाट प्राप्त अनुदानको रकम तीन करोड ७१ लाख, सामाजिक सुरक्षा भत्ता तीन करोड, आन्तरीक आय एक करोड ५३ लाख ७६ हजार र वातावारण मैत्रिकार्यक्रमका लागि ७५ लाख रुपैंया विनियोजन गरीएको छ ।
नगरपालीकाको पहिलो नगर परिषद वाटनै नगरपालीकालाई पर्यटकिय नगर वनाउने, कृषिमा आग्रानिक नगर वनाउने, परेवाकोटलाई अझै व्यावस्थीत पर्यटकीय स्थल वनाउने, नगर क्षेत्रमा चिल्डेन पार्क निमाार्ण, पानीसरा डाप पुपुल पार्क निमाार्ण, पशु र कृषि क्षेत्रको विकास गरी पर्यटकिय स्थल निमार्ण गर्ने, लगाएतका कार्यक्रमहरुलाई अगाडि सारिएको छ ।

नगरलाई विशादि मुक्त नगर वनाई नमुना नगर वनाउनका लागि सवै संग हातेमालो गर्ने लगाएतका कार्यक्रमहरु सहित आएको वजेटको सो नगरमा प्रतिनिधित्व गर्ने राजनैतिकदलहरुले स्वागत गरेका छन् ।
नगर परिसदको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य शुरेन्द्र पाण्डेले
कृर्षि क्षेत्रलाई प्रथामिकतामा राखेर विकास गर्नु खोज्नुले यस नगारालई अझै माथि उठ्न मदत पुग्ने वताउनु भयो ।

राज्यको निति पनि कृषि क्षेत्रको नै विकास गर्ने रहेको भन्दै पाण्डेले कृर्षिको नमुना नगर वनाउन आफ्नो स्थान वाट सक्दो सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस चितवनका उपसभापति बलराम धरेल, नेकपा एमालेका गोविन्द कडेल, एकिकृत नेकपा माओवादीका मान वहादुर स्याड्गवो, राप्रपा नेपालका जिल्ला अध्यक्ष वद्रि तिमिल्सीना, मधेसि जनाधिकार फोरमका नर वहादुर राई, जनमोर्चा नेपालका डम्वर पुरी, नेकपा मालेका पर्शुराम लामिछाने, चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेल लगाएतलेवोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.