शिक्षक संघको नयाँ कार्ययोजना पारीत

प्रस्ताव सुवेदी
चितवन, २९ पुस । नेपाल शिक्षक संघ चितवनको २६ औ प्रतिनिधि सभाले विगत एक वर्षमा गरेका कामहरुको समिक्षा गर्दै आगामि वर्षका लागि नयाँ कार्ययोजना पारीत गरेको छ ।

सांगाठनीक, पेसागत र गुणस्तरीय शिक्षा गरी तिन तहमा आफ्ना कार्ययोजना तयार गरेको संघले आगामि दिनहरुको अस्थाई शिक्षकहरुलाई स्थाई गराउनका लागि नितिगत प्रयासहरु गर्ने, शिशु शिक्षीका, राहत दरवनिदका शिक्षक, विद्यालय कर्मचारी दश जोड दुई तर्फ कार्यरत शिक्षकहरुको पेशागत सुरक्षा गर्न माग गर्ने, अस्थाई सेवा अवधिलाई गणनाका लागि नितिगत व्यावस्थामा जोड दिने लगाएतका १० वुदे पेसागत कार्ययोजना पारीत गरेको छ । यस्तै गुणस्तरीय शिक्षा तर्फ एस एल सि लाई लक्षीत गर्दै गुणस्तरीय शिक्षाको अभियान संञ्चालन गर्ने, शिक्षक आचार संहिता लागु गराउन दवाव दिने लगाएतका आठ वुद्धे योजना संघले अघि सारेको छ ।
संघको आज सम्पन्न सभाले यी योजनाहरुलाई सर्वसहमतीका साथ अघि सारेको हो । अघिल्लो वर्ष संघले गरेका कार्यक्रमहरुलाई अझै प्रभावकारी वनाउनका लागि यी योजना अघि सारीउको संघका जिल्ला अध्यक्ष धुर्वराज पोख्रेलले जानकारी दिनु भयो ।
संघका केन्द्रिय महासचिव राजेनद्रराज पौडेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वोल्ने शिक्षक अगुवाहरुले शिक्षा क्षेत्रमा देखिउको अस्वस्थ प्रतिसप्रधा र राजनैतिक प्रतिशप्रधाको अन्त्य हुनु पर्ने वताएका थिए । जसका कारण शिक्षाको गुणस्तर खस्किन पुगेको उनिहरुको भनाई थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौडेलले शिक्षकहरुको समस्या समाधान गर्न सवै संघ संगठन एक भयर लाग्नु पर्ने वताउनु भयो ।
सो अवसरमा नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावली, सांसाद विष्णुमायाँ परियार, नेपाली काग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ्, पूर्व सांसद जगनाथ पौडेल, नेपाल शिक्षक महासंघका उप महासचिव पूर्ण दवाडि, सदस्य नारायण तिमिल्सीना, चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य, प्याप्सन चितवनका अध्यक्ष वेलवहादुर गुरुङ्, नेपाल शिक्षक महासंघ चितवनका सह संयोजक विश्व ओझा लगाएतले वोल्नु भएको थियो ।